3 years ago
February 17, 2023
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध शतकधारी जर्ज मुन्शेसहित प्रमुख तीन खेलाडीलाई बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

स्कटल्यान्डले टोलीमा तीन परिवर्तन गरेको छ । स्कटल्यान्डले नामिबियाविरुद्ध ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका जर्ज मुन्शेसहित प्रमुख तीन खेलाडीलाई नै बेन्चमा राखेको छ । मुन्शे, काइल कोट्जर र तीव्र गतिका बलर शफ्यान शरिफ बेन्चमा छन् । यी तीन खेलाडी स्कटल्यान्डका प्रमुख हतियार हुन् । नामिबियालाई १० विकेटले हराउन मुन्शेले १ सय ३ र काइल कोट्जरले ४६ रन जोडेका थिए । शफ्यान शरिफले तीन विकेट लिएका थिए ।
प्रमुख ओपनर बेन्चमा राख्दा दुई खेलाडीलाई डेब्यू दिएको छ । ज्याक जर्विस र टम म्याकिन्टोसलाई डेब्यू दिएको छ । स्कटल्यान्ड तीन खेल अगाडिनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । उपाधि जितेपछि नयाँ खेलाडीलाई स्कटल्यान्डले मौका दिएको छ । स्कटल्यान्डले लिग २ मा अव तीन खेल खेल्न बाँकी छ । दुई खेल नेपाल र एक नामिबियासँग छ ।
नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई आजको खेलमा मैदान उतारेको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन् ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।
स्कटल्यान्डको प्लेइङ ११ :
रिची बेरिंगटन (कप्तान), म्याट क्रस, क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]