default_image

3 years ago

February 17, 2023

नेपाललाई पहिलो सफलता

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले सुरुवाती ८ ओभरमा १ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका छन् । टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गरे ।

बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । क्रिजमा टम्स म्याकिन्टस रनमा क्रिजमा छन् । टमले पहिलो बलमै कुशललाई चौका प्रहार गर्दै ओडिआई सुरुवात गरेका छन् । स्कटल्यान्डले १७ औं बलमा खाता खोलेको थियो । सुरुवाती दुई ओभर मेडन राखेको नेपालले तेस्रो ओभरको सुरुवाती चार बलमा कुनै रन दिएको थिएन ।

स्कटल्यान्डले टोलीमा तीन परिवर्तन गरेको छ । स्कटल्यान्डले नामिबियाविरुद्ध ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका जर्ज मुन्शेसहित प्रमुख तीन खेलाडीलाई नै बेन्चमा छन् । मुन्शे, काइल कोट्जर र तीव्र गतिका बलर शफ्यान शरिफ बेन्चमा छन् ।

प्रमुख ओपनर बेन्चमा राख्दा दुई खेलाडीलाई डेब्यू दिएको छ । ज्याक जर्विस र टम म्याकिन्टोसलाई डेब्यू दिएको छ । स्कटल्यान्ड तीन खेल अगाडिनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ ।

उपाधि जितेपछि नयाँ खेलाडीलाई स्कटल्यान्डले मौका दिएको छ । स्कटल्यान्डले लिग २ मा अव तीन खेल खेल्न बाँकी छ । दुई खेल नेपाल र एक नामिबियासँग छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), म्याट क्रस, क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.