default_image

3 years ago

February 17, 2023

नेपालको उत्कृष्ट बलिङ सुरुवात

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ओभरमा १७ ओभरमा ४ विकेट गुमाउँदै ६६ रन बनाएको छ।

स्कटल्यान्डका ब्रेन्डन म्याकुमेलन २ र क्रिस ग्रेभ्स १ रनमा क्रिजमा छन् । स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए ।

टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । म्याकबड्री २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), म्याट क्रस, क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.