default_image

3 years ago

February 17, 2023

लिस्कको अर्धशतकमा स्कटल्यान्डको उत्कृष्ट पूनरागमन

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर माइकल लिस्कको अर्धतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको छ।

माइकल लिस्क ५७ बलमा २ चौका र ४ छक्कासहित ५३ रनमा अविजित छन् । एक समय १११–६ को अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्क र ज्याक जार्विसले ८१ रनको साझेदारी गरेपछि खेलमा उत्कृष्ट पूनरागमन गरेको छ । लिस्कले सोमपाल कामीलाई ३९ औं ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।

४० औं ओभरको तेस्रो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले डेब्यू खेल ज्याक जार्विसलाई २६ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । उनले ३८ बलमा १ चौका र १ छक्का हाने । स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए ।

टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । म्याकबड्री २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिएका थिए ।

सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे ।

कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए ।

लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.