default_image

3 years ago

February 17, 2023

लिस्कको विष्फोटक शतकमा नेपाललाई विशाल लक्ष्य

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर माइकल लिस्कको विष्फोटक शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक हो ।

उनले ४८ औं ओभरको पाँचौं बलमा सोमपाल कामीलाई काउकर्नरमा छक्का र त्यसपछि एक रन बटुल्दै करिअरकै पहिलो शतक हानेका थिए । स्कटल्यान्डका लागि सातौं नम्बरका ब्याटर लिस्कले शतक हान्दै खेलमा नाटकीय पूनरागमन गराएका थिए । एक समय २४.२ ओभरमा १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा विष्फोटक शतक हानेका थिए ।

एक समय १११–६ को अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्क र ज्याक जार्विसले सातौं विकेटका लागि ८१ रनको साझेदारी गरेपछि खेलमा उत्कृष्ट पूनरागमन थियो ।

सुरुवाती ६५ रन जोड्दै लिस्कले ओडिआई करिअरको एक हजार रन पूरा गरेका थिए । उनी स्कटल्यान्डबाट ओडिआईमा एक हजार रन पूरा गर्ने नवौं खेलाडी हुन् । स्कटल्यान्डबाट सर्वाधिक रन काइल कोट्जरले ३ हजार १ सय ७० रन बनाएका छन् । तर उनलाई भने आज बेन्चम राखेको थियो ।

४० औं ओभरको तेस्रो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले डेब्यू खेल ज्याक जार्विसलाई २६ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । उनले ३८ बलमा १ चौका र १ छक्का हाने । आठौं विकेटका लागि मार्क वाटसँग माइकल लिस्कसले ७६ रनको साझेदारी गरेका थिए । मार्क वाट ३१ बलमा २० रनमा रन आउट भए ।

टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । कुशलले नै म्याकबड्रीलाई २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिँदै धरासयी बनाएका थिए ।

सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे । कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए ।

लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको थियो । तर त्यो अवस्थाबाट भने नाटकीय रुपमा पूनरागमन गरेको थियो।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.