3 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध एकै ओभरमा दुई विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै ३८ रन बनाएको छ।

नेपालका आसिफ शेख १० रनमा क्रिजमा छन् । रोहित पौडेल चार बल खेल्दा खाता खोलेका छैनन् । नेपालले तेस्रो ओभरमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल दुबैलाई गुमाउन पुग्यो ।
तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भए । कुशल भुर्तेलले ८ बलमा ४ चौका हाने । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए ।
त्यसअघि इनिङको पहिलो ओभरमै नेपालले कुल २३ रन जोडेको थियो । नेपालले सुरुवाती दुई ओभरमा ३१ रन जोडेको थियो । तेस्रो ओभरमा दुई विकेट गुमाउँदै पाँच रन बनाएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक हो ।
उनले ४८ औं ओभरको पाँचौं बलमा सोमपाल कामीलाई काउकर्नरमा छक्का र त्यसपछि एक रन बटुल्दै करिअरकै पहिलो शतक हानेका थिए । स्कटल्यान्डका लागि सातौं नम्बरका ब्याटर लिस्कले शतक हान्दै खेलमा नाटकीय पूनरागमन गराएका थिए ।
एक समय २४.२ ओभरमा १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा विष्फोटक शतक हानेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]