default_image

3 years ago

February 17, 2023

रोहित पनि आउट

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध चार विकेट गुमाएको छ। टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएको छ । कुशल मल्ल १९ बलमा ३ चौकासहित १६ र सन्दीप जोरा १ रनमा क्रिजमा छन् ।

नेपालले तेस्रो ओभरमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल दुबैलाई गुमाएपछि लगातार खराब प्रदर्शन गरेको थियो । तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भए ।
कुशल भुर्तेलले ८ बलमा ४ चौका हाने । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए ।

त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए । कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकुमेलनको बलमा आठौं ओभरको चौथो बलमा कुशल मल्ल कट एण्ड बोल्ड आउट हुनबाट चुकेका थिए ।

कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक हो ।

उनले ४८ औं ओभरको पाँचौं बलमा सोमपाल कामीलाई काउकर्नरमा छक्का र त्यसपछि एक रन बटुल्दै करिअरकै पहिलो शतक हानेका थिए । स्कटल्यान्डका लागि सातौं नम्बरका ब्याटर लिस्कले शतक हान्दै खेलमा नाटकीय पूनरागमन गराएका थिए ।

एक समय २४.२ ओभरमा १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा विष्फोटक शतक हानेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.