3 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपालको लागि आइसिसी विश्वकप लिग–२ मा हरेक खेल फाइनल सरह रहेको बताएका छन् । स्कटल्यान्डलाई तीन विकेटले हराउन ८५ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएपछि दीपेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘आजको खेलमा त्यस्तो गाह्रो थिएन । मलाई टोलीमा जे भूमिका भनिएको थियो त्यहिँ पूरा गरेको थिएँ । त्यो समयमा अवस्था साझेदारीको लागि थियो । सुरुमा साझेदारी र अन्त्यमा खेल सकाएर आए । त्यो दबाब केहि थिएन’, खेलपछि दीपेन्द्रले भने ।
नेपालले २ सय ७५ रनको विजयी लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस्तै कुशल मल्लले ६७ बलमा ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
यसअघि दीपेन्द्र चौथो नम्बरमा ब्याटिङ गर्दै आएका थिए । तर मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि दीपेन्द्रले तल्लोक्रममा ब्याटिङ गर्दै आएका छन् । दीपेन्द्रले सातौं नम्बरमा आज ब्याटिङ गर्दै खेल सकाएका थिए । ‘म टप अडर खेलेर आए भने त्योमा पनि रमाउँछु । फिनिस गर्न पाए भने भित्रदेखिनै खुशी लाग्छ । खेल सकाएर आउन पाए राम्रो लाग्छ’, उनले भने ।
एक समय नेपाल ७७–५ को दयनीय अवस्थामा थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि १ सय रनको सानदार शतकीय साझेदारी गरेका थिए । दीपेन्द्रले कुशललाई आफ्नो एसियामा आएको बल हान्न सुझाव दिएको बताए ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराउनेक्रममा २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो । दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गर्दै २ सय ७५ रनको लक्ष्य पूरा गर्यो ।
यसअघि २०१७ को यू–१९एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदा कप्तान दीपेन्द्रले ८८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । मोन्टीको आगमनपछि पुन दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएका छन् । दीपेन्द्र मोन्टी सकरात्मक सोच भएको बताउँछन् ।
‘वहाँ (मोन्टी) सर एकदमै सकरात्मक हुनुन्छ । हरेक कुरालाई सकरात्मक सोचले हेर्नुहुन्छ । टिममा नकरात्मक कुरा कोहि नगरोस भन्नुहुन्छ । हरेक जना सकरात्मक छन् । राम्रो पनि भई राखेको छ’, उनले भने ।
नेपालले लगातार दुई खेल जितेको छ । यस सिरिजमा नेपालले अव एक एक खेल खेल्न बाँकी छ । दीपेन्द्रले टोलीमा एकदमै राम्रो वातावरण रहेको बताउँछन् । ‘सरले भन्नुभएको छ । १२ खेल छ । हाम्रो लागि १२ खेल फाइनल हो । दुई वटा जित्यौं अव १० वटा फाइनल बाँकी छ । एउटा एउटा खेल गरेर हेरेका छौं । टिम एकदमै सकरात्मक छ । अगाडिको खेलमा जित्ने आशा छ’, दीपेन्द्रले भने ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्दै सोझै ग्लोबल छनोट खेल्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन अव १० मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]