default_image

8 months ago

February 18, 2023

नेपालले आज नामिबियासँग खेल्दै

एजेन्सी – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ । सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च । नेपाल त्यहिँ नतिजालाई निरन्तरता […]

20 views

0 Bookmark

एजेन्सी – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च । नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्दै नेपालले इतिहास रचेको थियो । जुन योगफल नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले तीन विकेटले पराजित गरेको थियो । नेपालले स्कटल्यान्डलाई हराउन २ सय ७५ रनको विजयी लक्ष्य पूरा गरेको थियो । यता नामिबिया स्कटल्यान्डसँग १० विकेटले पराजित गरेको थियो ।

नेपालले लगातार दोस्रो दिन खेल्दैछ । नामिबियाले दुई दिन विश्राम पाएको छ । नामिबियालाई केहि सहज हुनसक्छ । तर नेपालको मनोबल निकै उच्च छ । नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । नेपाल जितको मोमेन्टलाई निरन्तरता दिने सोचमा हुनेछ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । गुलशन झाको स्थानमा स्पिनर सूर्य तामाङमालाई खेलमा डेब्यू दिनसक्छ । अन्य परिवर्तनको सम्भावना छैन ।

नेपाल आसिफ शेख र ज्ञानेन्द्र मल्लबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । पहिलो खेलमा कुशल भुर्तेलले १ सय १५ र रोहित पौडेलले ७२ रन जोडेका थिए । दोस्रो खेलमा दीपेन्द्रले ८५ र कुशल मल्लले ८१ रन जोडेका थिए । नेपाल तीव्र गतिका बलर करण केसी र सोमपाल कामीबाट उत्कृष्ट सुरुवात चाहन्छ।

यता नामिबियाका माइकल भान लिंगेनले नेपालविरुद्ध पछिल्ला दुई खेलमा दुवैमा शतक हानेका छन् । युवा ब्याटर लिंगेनको विकेट नेपालको लागि महत्वपूर्ण हुनेछ । कप्तान जेरार्ड इरास्मर्स २०२२ को ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । जेरार्डले नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपाल खेलमा पूरै हाबी हुनसक्छ । नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट भने नेपाल सजग रहनुपर्छ ।

नेपालले दुबै खेल लक्ष्य पछ्याउँदा जितेको छ । विहानको समयमा रन बनाउन कठिन पर्दै आएको छ । पहिला ब्याटिङ गर्नु परे नेपाल सुरुवाती समय केहि संयमित हुन आवश्यक देखिन्छ । आजको खेलमा पनि टस निर्णायक हुनसक्छ । लक्ष्य पछ्याउँदा नेपाल खेलमा पुन हाबी हुने देखिन्छ ।

अंक तालिका

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रत्यक्ष प्रसारण

नेपालमा प्रत्यक्ष प्रसारणको जिम्मा कान्तिपुर टेलिभिजनले गर्नेछ । विदेशमा फ्यान कोड, आइसिसी टिभी र कान्तिपुरबाट हेर्न सकिनेछ ।

टिकट :

टिकटको मूल्य १ सय ५० रुपैयाँ राखिएको छ । जुन टिकट सामान्य दर्शकको लागि राखिएको छ । ३ सय ५० रुपैयाँ तिर्नेले भित्र कुर्चीमा बसेर हेर्न पाउनेछन् ।

नामिबियाको टोली :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

October 2, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतसँग नेपालको असली अग्नी परिक्षा

हाङ्गचौं (हाम्रो खेलकुद) – यो साता विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चा नेपाली क्रिकेट टोलीको रह्यो । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियामाथि एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउँदै सनसनी मच्चायो । नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि२० आईका लगभग सबै प्रमुख […]

Success

Thank you for your time.