default_image

3 years ago

February 18, 2023

पावर प्लेमा नेपाल विकेटविहीन

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाल पहिलो १० ओभरमा विकेटविहीन बनेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १० ओभरमा कुनै विकेट नगुमाई ४६ रन बनाएको छ । नामिबियाका लो ह्यान्डरे लरेन्स ३८ बलमा ८ चौकासहित ३५ रनमा अविजित छन् । कार्ल ब्रिकेनस्टक ७ रनमा क्रिजमा छन् । नेपाल र नामिबिया दुवैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् ।

पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई ईतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । स्कटल्यान्डलाई हराउनेक्रममा नेपालले २ सय ७५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालले लगातार तेस्रो पटक टस जितेको हो ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुलशन झा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.