default_image

3 years ago

February 18, 2023

सन्दीपको लिग-२ मा ५० विकेट पूरा

326 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ५० विकेट पूरा गरेका छन् । सन्दीपले नामिबियाविरुद्ध सुरुवाती दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।

सन्दीपले २३ खेलमा लिग २ मा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन् । सर्वाधिक विकेट ओमानमा तीव्र गतिका बलर बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका छन् । अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवालकरले ३५ खेलमा ५८ विकेट लिएका छन् । सन्दीप लिग २ मा ५० विकेट पूरा गर्ने पहिलो स्पिनर समेत हुन् ।

सन्दीपपछि स्कटल्यान्डका मार्क वाटले २९ खेलमा ४७ विकेट लिएका छन् ।२०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआई सिरिजमा डेब्यू गरेका सन्दीपले हालसम्म ३३ ओडिआई खेलमा ७८ विकेट लिएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २७ रन बनाएको छ ।

सन्दीप लामिछानेले ७ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका छन् । बलात्कार आरोप लागेका सन्दीपले नामिबियाको खेलबाटनै पूनरागमन गरेका थिए । पहिलो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । दोस्रो खेलमा १० खेलमा २७ रन खर्चेर ३ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.