3 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जेन ग्रीन र पिक्की या फ्रान्सले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपछि नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ७५ रनको विशाल विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो ।

नामिबियाका जेन ग्रीन ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहे । ग्रीनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो ।
पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट भए । ४८ औं ओभरको पहिलो बलमा जेन ग्रीनले लागेको बल बलर सोमपाल कामीको हातमा लागेर नन स्ट्राइकमा लागेपछि रन आउट हुन पुगेका थिए ।
एक समय १३८–५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए । नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्स ५४ बलमा ८ चौकासहित ४१ रनमा सन्दीप लामिछानेको बलमा बलमा बोल्ड आउट भए । सन्दीपकै बलमा ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा फस्ट स्लिपमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए ।

सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ओपनर कार्ल र ह्यान्डरेले १४.३ ओभरमा ६४ रनको साझेदारी गरेका थिए । २६ औं ओभरको अन्तिम बलमा माइकल भान लिंगेन २२ रनमा रन आउट भएका छन् । लिंगेनले खेलेको शट सन्दीप जोराले दीपेन्द्रलाई उत्कृष्ट थ्रो दिएका थिए ।
सन्दीप जोराको उक्त थ्रोसँगै नन स्ट्राइक एण्डमा रन आउट गर्दै शतकधारी लिंगेनलाई पेभेलिएन फर्काएका थिए । पछिल्ला दुई खेलमा लिंगेनले नेपालविरुद्ध १ सय २१ र १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए ।
सन्दीपले कप्तान जेरार्ड इरास्मसलाई १५ रनमा बोल्ड आउट गरे । जेन निकोल लोफ्टी करणको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भएका थिए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]