3 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा १ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ७३ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा क्रिजमा छन् । आसिफ शेख ८० बलमा ७ चौका र २ छक्कासहित ६८ रनमा क्रिजमा छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका छन् । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा गरेको उच्च साझेदारी हो ।
यसअघि नेपालबाट ओडिआईमा उच्च साझेदारी १ सय ३३ रन थियो । नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । जुन नेपालको ओडिआईमा उच्च थियो । दोस्रो विकेटका लागि भने आसिफ र ज्ञानेन्द्रले गत नोभेम्बरमा युएईविरुद्ध १ सय २२ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।
नामिबियाका जेन ग्रीन ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहे । ग्रीनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट भए । एक समय १३८–५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]