3 years ago
February 18, 2023
काठमाडौैं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पहिलो पटक तीन खेल जितेको छ । २०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ मा नेपालले पहिलो पटक एकै त्रिकोणात्मक ओडिआई सिरिजमा तीन खेल जित्न सफल भएको हो।

नेपालले शनिबार नामिबियालाई तीन विकेटले पराजित गर्दै एकै सिरिजमा पहिलो पटक तीन खेल जितेको हो । नेपालले २०२० मा टियु क्रिकेट मैदानमा ओमान र अमेरिकासँग खेल्दै लिग-२ त्रिकोणात्मक सिरिजमा डेब्यू गरेको नेपालले यसअघि एकै सिरिजमा दुई खेल मात्रै जितेको थियो ।
नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपालले तीनै खेलमा सानदार ब्याटिङका साथ घरेलु मैदान टियुमा यादगार जित हात पारेको हो ।
पहिलो खेलमा नेपालले नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको विशाल विजयी लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले आफ्नो ओडिआई इतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।
दोस्रो खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ औं ओभरमा ७ विकेट गुमाउँदै पुरागरेको थियो । नामिबियाविरुद्ध २ सय ७५ रनको विजयी लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टियु मैदानमा नेपालले २०२० मा दुई खेल जितेको थियो । त्यसपछि नेपालले २०२१ सेप्टेम्बरमा ओमान भ्रमण गरेको थियो । अमेरिका र ओमानसँगको खेलमा नेपालले दुई खेल जितेको थियो । २०२१ मा नेपालले युएई भ्रमणमा पनि दुई खेल जितेको थियो । युएई भ्रमणमा नेपाल, युएई र पपुवा न्युगिनी थिए । नेपालले २०२२ जुनमा अमेरिका भ्रमणमा एक खेलमा जित, दुई खेलमा हार र एक खेल टाई भएको थियो । अमेरिका भ्रमणमा नेपाल र ओमान रहेका थिए ।
२०२२ जुलाईमा स्कटल्यान्ड भ्रमणमा नेपालले एक खेल जित्दा तीन खेलमा हार व्यहोर्न पुगेको थियो । उक्त सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया थिए । २०२२ डिसेम्बरमा नेपालले नामिबिया भ्रमणमा तीन खेलमा हार र एक खेल रद्ध भएको थियो । नेपाल जित विहीन बनेको नामिबिया भ्रमण मात्रै हो । अन्य सबै भ्रमण र खेलमा कम्तिमा एक खेल जितेको थियो ।
आइसीसीले एकदिवसीय लिगको दोस्रो श्रेणी मानेको ७ देश सम्मिलित यस सिरिजमा एक टोलीले कुल ३६ खेल खेल्नेछन् । शीर्ष तीन टोली सोझै विश्वकप छनोट खेल्न पाउने छन् । बाँकी चार टोलीले पनि ग्लोबल छनोट खेल्न पाउँछन् । तर ती चार टोलीले प्लेअफ हुँदै खेल्नुपर्ने हुन्छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव ९ खेल खेल्न बाँकी छ । शीर्ष तीनमा पर्न नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन ९ मध्य ६ खेल खेल्नुपर्ने हुन्छ।
नेपालले अव घरेलु मैदानमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । घरेलु मैदानमा नेपालले युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । युएईमा गएर पपुवा न्युगिनी र युएईसँग दुई दुई खेल खेल्नेछ ।
युएईमा नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च दुईमा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । मार्च ६ मा युएईसँगको खेल नै लिग २ को नेपालको अन्तिम विदेश खेल हुनेछ । त्यसपछि नेपालले घरेलु मैदान टियुमा खेल खेल्नेछ । टियुमा नेपालले मार्च ९ मा पपुवा न्युगिनी, मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]