default_image

3 years ago

February 18, 2023

लायनको उत्कृष्ट बलिङमा भारतविरुद्ध अष्ट्रेलियालाई अग्रता

196 views

0 Bookmark

एजेन्सी – स्पिनर नाथन लायनको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा ६१–१ को अवस्थामा छ।

अष्ट्रेलियाले समग्रमा ६२ रनको अग्रता लिएको छ । अष्ट्रेलियाका ट्रविस हेड ४० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित छन् । उनलाई मार्नस लाबुसेनले १९ बलमा ३ चौकासहित १६ रनमा साथ दिएका छन् । ओपनर उस्मान खवाजा भने ६ रनमा आउट भए । चोट र कन्कसन (होस) हराउने भएपछि ओपनर डेविड वार्नरको स्थानमा म्याट रेनेशले उनको स्थानमा खेल्ने भएका छन् ।

घरेलु टोली भारत पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भयो । भारत मात्रै एक रनले पहिलो इनिङमा पछि परेको थियो । भारतका अक्षर पटेलले १ सय १५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । एक समय भारत १३९–७ को दयनीय अवस्थामा पुगेको थियो ।

आठौं विकेटका लागि रविचन्द्रन आश्विन र अक्षर पटेलले १ सय १४ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई विशाल अग्रताले पछि पर्नबाट जोगाएका थिए । आश्विनले ७१ बलमा ५ चौकासहित ३७ रनमा आउट भए । आफ्नो टेस्ट करिअरको एक सय टेस्ट खेल खेलेका चेतेश्वर पुजारा भने नाथन लायनको बलमा शून्यमा आउट भए।

कप्तान रोहित शर्मा लायनको बलमा ३२ रनमा बोल्ड आउट भएका थिए । लोकेश राहुल १७ र श्रेयस ऐर ४ रनमा आउट भए । विराट कोहली ८४ बलमा ४ चौकासहित ४४ रनमा एलबीडब्लू आउट भए ।

डेब्यू खेल खेलेका स्पिनर म्याथ्यु कुहनेमानले कोहलीलाई एलबीडब्लू आउट गरेका थिए । रविन्द्र जडेजा २६ र केएस भरत ६ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक पाँच विकेट लिए । टोड मर्फी र म्याथ्यु कुहनेमानले दुई दुई विकेट लिए।

त्यसअघि दिल्लीको फिरोेज शाह कोटला स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय २५ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए । तल्लोक्रमका ब्याटर पिटर ह्यान्ड्सकम्ब १ सय ४२ बलमा ९ चौकासहित ७२ रनमा अविजित रहेका थिए ।

ओपनर डेविड वार्नर १५, मार्नस लाबुसेन १८, स्टिभ स्मिथ डक, ट्रविस हेड १२ र एलेक्स केरी डक आउट भएका थिए । कप्तान प्याट कमिन्सले ५९ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे ।

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले तीन तीन विकेट लिए । चार टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न तीन मध्य दुई खेल जित्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.