default_image

3 years ago

February 18, 2023

स्कटल्यान्डका बलरले नेपालविरुद्धको खेल गुमाउने

240 views

0 Bookmark

काठमाडौैं(हाम्रोे खेलकुद) – स्कटल्यान्डका तीव्र गतिका बलर क्रिस सोलले चोटका कारण आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल भ्रमणमा बाँकी दुई खेल गुमाउने भएका छन् । क्रिस सोल डिस्टल ह्यामस्ट्रिङ टेन्डन चोटका कारण बाँकी दुई खेल गुमाउने स्कटल्यान्डले क्रिकेट बोर्डले जनाएको छ ।

क्रिस सोल र शफ्यान शरिफ स्कटल्यान्डका प्रमुख खेलाडी हुन् । सोलले नेपालविरुद्ध १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिएका थिए । क्रिस सोलले कुशल भुर्तेल १६, आसिफ शेख ९ र ज्ञानेन्द्र मल्ललाई ४ रनमा आउट गरेका थिए । इनिङको पहिलो ओभरमा २३ रन खर्चिपनि तेस्रो ओभरमा कुशल र ज्ञानेन्द्रलाई आउट गर्दै नेपाललाई सुरुवातमा दबाबमा राखेका थिए ।

शरिफलाई स्कटल्यान्डले नेपालविरुद्ध खेलमा विश्राम दिएको थियो । क्रिस सोलले स्कटल्यान्डबाट २३ ओडिआई खेलमा ४२ विकेट लिएका छन् । स्कटल्यान्डले क्रिस सोलको स्थानमा विकाशको लागि लिएका युवा खेलाडी लियाम नेलरलाई मौका दिएको छ । २१ वर्षीय नेलरले स्कटल्यान्डबाट यू–१९ विश्वकप खेलि सकेका छन् ।

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड तीन खेल अगावै च्याम्पियन बन्दै सिधैं विश्वकप ग्लोबल एकदिवसीय छनोटको लागि स्थान बनाएको छ । नेपाल भने २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव ९ खेल खेल्न बाँकी छ । शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ६ खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालविरुद्ध दुई विकेटले पराजित भएको थियो । स्कटल्यान्डले सोमबार नामिबिया र मंगलबार नेपालसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.