default_image

1 year ago

February 18, 2023

नेपालको जितले ओमान सिधै विश्वकप छनोटमा

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुवै खेलमा नेपाल विजयी भएपछि ओमान एकदिवसीय विश्वकप छनोट भएको छ । नेपालले शनिबार नामिबियामाथि तीन विकेटको जित हात पार्यो ।

नेपालको जितसँगै ओमान भने शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटको लागि स्थान बनाएको छ । ओमानले ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंकमा लिग २ सम्पन्न गरेको थियो । ४४ अंक माथि अव बाँकी सबै खेल जित्दा युएईमात्रै पुग्न सक्छ ।

त्यसैले ओमान शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकप छनोट खेल्ने पक्का भएको हो । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट र दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपालसँगको हारले नामिबियालाई सिधै विश्वकप छनोटमा पुग्ने समिकरण कठिन बनाइदिएको छ ।

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । अव शीर्ष तीनमा रहँदै ग्लोबल छनोट खेल्न नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । यी तीन मध्य एक टोलीले शीर्ष तीनभित्र पर्दै विश्वकप छनोट सिधै खेल्न पाउने भएका हुन् । नेपालसँगको हारसँगै नामिबिया शीर्ष तीनमा पर्ने सम्भावना कठिन बनेको ।

लिग-२ का बाँकी पुछारका चार टोलीले भने आगमी मार्च अप्रिलमा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्ले अफमा आइसिसी विश्वकप लिग २ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी गरि कुल ६ टोली हुनेछन् । शीर्ष दुई टोली पुन एकदिवसीय क्वालिफायरमा पुग्नेछन् ।

क्वालिफायर प्लेअफ अमेरिका र पपुवा न्युगिनीले खेल्ने पक्का भएको छ । नामिबिया, नेपाल र युएई मध्य दुई टोलीले खेल्नुपर्ने हुन्छ । एक टोली सोझै छनोटमा पुग्नेछ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाले अव स्कटल्यान्डसँग सोमबार खेल्नेछ । त्यसपछि युएईसँग दुई खेल खेल्नेछ । नामिबिया बाँकी तीन खेलमा विजयी हुँदा कुल ४३ अंकमा मात्रै पुग्न सक्छ । पराजित हुँदा भने नेपाल र युएईको नतिजामा भर पर्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नेपाल बाँकी सबै खेलमा विजयी हुँदा कुल ४२ अंकमा पुग्नेछ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । युएई सबै खेलमा विजयी हुँदा भने ४७ अंकमा पुग्नेछ ।

युएईले नेपालसँग चार र पपुवा न्युगिनीसँग चार चार खेल खेल्न बाँकी छ । त्यस्तै नामिबियासँग दुई खेल खेल्नेछ । युएईले आफ्नो घरेलु मैदानमा नेपाल, नामिबिया र युएईसँग समान दुई खेल खेल्नेछ । टियु क्रिकेट मैदानमा पपुवा न्युगिनी र नेपालसँग दुई दुई खेल खेल्नेछ । यता नेपालले घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । मंगलबार टियु क्रिकेट मैदानमा स्कटल्यान्डसँग खेल्नेछ । युएईमा गएर युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ।

यता अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । कम्तिमा अमेरिकालाई पछि पार्न नेपालले बाँकी ९ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । अमेरिकालाई पछि पार्दा नेपालको ओडिआई मान्यता निरन्तरता पक्का हुनेछ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छन् ।

को को खेल्छन् विश्वकप छनोटमा ?

जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोली हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । विश्वकप सुपर लिग-२ बाट च्याम्पियन स्कटल्यान्ड, ओमानसहित कुल तीन टोली हुनेछन् । प्लेअफ क्वालिफायरबाट दुई गरि पाँच टोली हुनेछन् । बाँकी पाँच टोली भने सुपर लिगबाट आउने छन् ।

सुपर लिगमा टेस्ट १२ टोली र नेदरल्यान्ड्स छन् । छनोटको सबैभन्दा माथिल्लो श्रेणीको रुपमा रहेको विश्वकप सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक भारतसँगै इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र पाकिस्तानले अंक तालिकामा बलियो प्रस्तुतिका साथ विश्वकपमा सोझै स्थान बनाएका छन् ।

आइसिसी सुपर लिगमा हरेक टोलीले कुल २४ खेल खेल्नुपर्ने छ । जसबाट आयोजक भारतसँगै शीर्ष ८ टोली सोझै विश्वकपमा पुग्नेछन् । पुछारका पाँच टोलीले ग्लोबल विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ नवौं स्थानमा छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग दुई खेल खेल्न बाँकी छ ।

श्रीलंका २१ खेलमा ७ मा जित र १२ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । श्रीलंकाले न्युजिल्यान्डसँग तीन खेल खेल्नेछ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारका साथ ६८ अंकका साथ ११ औं स्थानमा छ । जिम्बावे २१ खेलमा ४ मा जित र १६ मा हारसहित ४५ अंकका साथ १२ औं स्थानमा छ । नेदरल्यान्ड्स १९ खेलमा २ मा जित र १६ मा हारकासाथ २५ अंक जोड्दै १३ औं स्थानमा छ ।

जिम्बावे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्ने पक्का भएको छ । वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड मध्य तीन टोलीले ग्लोबल छनोट खेल्नेछन् । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्न बाँकी हुँदा पुछारमा रहँदै ग्लोबल छनोट खेल्ने पाँच टोलीमा वेस्टइन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स देखिन्छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.