3 years ago
February 18, 2023
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा इंग्ल्यान्डले भारतमाथि ११ रनको सहज जित हात पारेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह बी बाट सेमिफाइनल नजिक पुगेको छ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनायो । भारतकी ओपनर स्मृति मन्धनाले ४१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाइन् । विकेटकिपर रिचा घोष ३४ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा अविजित रहिन् ।
अन्य भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डकी सराह ग्लेनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । लौरेन बेल र शोफी इक्लेस्टनले एक एक विकेट लिइन् ।
त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । इंग्ल्यान्डकी नाट स्कभर ब्रन्टले ४२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाइन् । विकेटकिपर एमी जोन्स २७ बलमा ३ चौका र २ छक्कासहित ४० र कप्तान हेथर नाइट २८ रनमा आउट भइन् ।
भारतकी तीव्र गतिकी बलर रेणुका सिंहले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएपनि भारतको हार टार्न सकिनन् । शिखा पाण्डे र दिप्ती शर्माले एक एक विकेट लिइन् ।
इंग्ल्यान्ड समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।
समूह ए मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]