3 years ago
February 18, 2023
एजेन्सी – ओपनर मोहम्मद वासिमको विष्फोटक ब्याटिङमा घरेलु टोली युएईले दोस्रो टि२० आई खेलमा अफगानिस्तानमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा मोहम्मद वासिमले ५० बलमा ८ चौका र ७ छक्कासहित ९१ रनको विष्फोटक इनिङ खेले ।
करिम जन्नतको बलमा ठूलो सट खेल्ने धुनमा डिप एक्स्ट्रा कभरमा राशिद खानबाट क्याच आउट भएपछि टि२० आई करिअरको तेस्रो शतक बनाउन ९ रनले चुकेका थिए । वृत्य अरविन्द ४६ बलमा २ चौकासहित ३८ र सिपी रिजवान ९ रनमा अविजित रहे ।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जद्रान २९ बलमा ५ चौक र १ छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे ।
अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज जुनदै सिद्दिकको तेस्रो ओभरको अन्तिम बलमा बासिल हमिदबाट १५ रनमा क्याच आउट भए । जहुरु खानले इब्राहिम जद्रानलाई एक रनमा क्याच आउट गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । ओपनर हज्रतुल्लाह जजाई २७, अस्फार जजाई १८, करिम जन्नत ७, आजमतुल्लाह ओमरजाई १२ र राशिद खानले १४ रन बनाए ।
युएईका जहुरु खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । जवार फरिद ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिक र अकिफ राजाले एक एक विकेट लिए । पहिलो खेलमा अफगानिस्तान पाँच विकेटले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]