default_image

3 years ago

February 19, 2023

‘आसिफसँग ब्याटिङ गर्दा सजिलो हुन्छ’ – ज्ञानेन्द्र

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले युवा ओपनर आसिफ शेखसँग ब्याटिङ गर्दा सहज लाग्ने बताएका छन् । नामिबियालाई दोस्रो खेलमा तीन विकेटले पराजित गर्न कीर्तिमानी शतकीय साझेदारी गरेपछि ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रतिक्रिया दिएका हुन् ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरेका थिए ।

जुन ओडिआईमा नेपालबाट कुनैपनि विकेटका लागि बनेको उच्च साझेदारी थियो । त्यसअघि नामिबियाविरुद्ध नै पहिलो खेलमा रोहित पौडेल र कुशल भुर्तेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए ।

‘आसिफसँग ब्याटिङ गर्दा सहज हुन्छ । उ आफैं स्टोक प्लेयर हो । सुरुवात पाएपछि बलरहरुलाई दबाबमा राखेर खेल्छ । त्यसले गर्दा सजिलो हुन्छ । यो मात्रै होईन हामीले दुई तीन वटा राम्रो साझेदारी पनि गरेका छौं । तर कीर्तिमानको लागि बधाई छ’, हाँस्दै ज्ञानेन्द्रले भने ।

आसिफ र ज्ञानेन्द्रले यसअघि गत नोभेम्बरमा युएईविरुद्ध १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए । २०२१ मा ओमानविरुद्ध ९५ रनको साझेदारी गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले ७ र आसिफले ६ ओडिआई अर्धशतक प्रहार गरेका छन् ।
नेपालले तीनै खेलमा सानदार ब्याटिङका साथ उत्कृष्ट जित हात पारेको छ ।

नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २ सय ८६ रनको विजयी लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआईमा पूरा गरेको उच्च योगफल थियो । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाउँदै पूरा गरेको थियो । ज्ञानेन्द्र मल्ल पिच ब्याटिङ सहयोगी रहेको बताउँछन् ।

‘हामीले पहिला त विकेट (पिच) लाई मान्नुपर्छ । विकेट पहिला भन्दा धेरै राम्रो खेलेको छ । पहिला देखि सुरुवात गरि अहिलेसम्म आउँदा खेलाडीहरुमा जिम्मेवारी बढेको छ । फेरि नयाँ वातावरण बनेको छ । पहिलोमा राम्रो गर्दा दोस्रोमा गर्न सहज भयो । दोस्रोमा राम्रो गर्दा तेस्रो खेलमा राम्रो भयो । जो पनि जान सक्छ र खेल जिताउन सक्छ भन्ने आत्माविश्वासको विकास भएको छ’, जितपछि ज्ञानेन्द्र मल्लले भने ।

‘अरु विकेटको हेर्ने हो भने हामीले राम्रो विकेटमा राम्रो गरेका थियौं । नराम्रो पनि गरेका थिएनौं । फरक विकेटमा हामीले स्कोर गर्न सकेका थिएनौं । नेपालमा अहिले लिग–२ को दोस्रो सिरिज खेलेका थियौं । ड्रेसिङ रुममा पनि प्रशिक्षक मोन्टी देशाईले सहजता ल्याईदिनु भएको छ । आत्माविश्वास बढाईदिनु भएको छ । यी सानो सानो कुराले काम गरेका छन्’, ज्ञानेन्द्रले भने ।

नेपालले यस सिरिज खेल्नुअघि १२ खेलमा ९ खेल जित्नुपर्ने दबाब थियो । लगातार तीन खेल जितेपछि नेपालको शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता पक्का गर्ने सम्भावना बढेको छ । ज्ञानेन्द्र सधैं सम्भावना रहेको बताउँछन् ।

‘ओडिआई मान्यता बचाउने जहिले पनि मौका थियो । १२ खेल सुरु हुनुभन्दा अघिनै हामीले गणना गरि रहेका थियौं । एउटा खेलको रुपमा लिनुपर्छ । वहाँबाट गएपछि नेपालको फरक ठाउँ र पिचमा खेल हुन्छ । एउटा खेल र सिरिजलाई लिएर गयो भने पक्कैपनि ओडिआई मान्यता हुन्छ’, उनले भने ।

जव ज्ञानेन्द्र २५ देखि ३० को आसपासमा पुग्छन् तव आउट हुने डर बढी हुन्छ । ‘म पहिला त सकरात्मक सोचमै लिन्छु । टिमलाई २५–३० रन बनाउँदै सुरुवातमा सहयोग दिई राखेको हुन्छ । तर कहिले काहिँ सुरुवात पुगेको हुँदैन । तर हिजो अस्ति अरुले ब्याटिङ गरि रहेको थियो । त्यसपछि मलाई के अनुभव भएको थियो भने गरे सकिने रहेछ भन्ने आत्माविश्वास बढेकोछ । रन त सधैं हान्नुपर्छ । जहिले पनि नेपाललाई जिताउनु छ भन्ने हुन्छ । प्रतिस्पर्धा भन्दा पनि आ–आफ्नो भूमिकाको कुरा हो । म छैन भने अर्को भाइ पनि जित्ने भावना ले नै जान्छ’, ज्ञानेन्द्रले भने । नेपालले अव मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि युएई भ्रमणमा जानेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.