default_image

3 years ago

February 19, 2023

दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

223 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ताहलिया म्याकग्राथले ३३ बलमा १० चौकासहित सर्वाधिक ५७ रनको योगदान दिइन् । एलिसा गार्डनर २८, बेथ मुनी २० र एलिसा हेली ११ रनमा आउट भइन् । दक्षिण अफ्रिकाकी मरिजान कप्पले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । दक्षिण अफ्रिकाकी तजिमन ब्रिट्सले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाइन् । अष्ट्रेलियाकी जर्जिया वेयरहामले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ समूह ए मा शीर्ष स्थानमा रह्यो । अष्ट्रेलियाले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ । समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.