3 years ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखले नेपालको टिमको वातावरण राम्रो हुँदा ठूला लक्ष्य पूरा गरेको बताएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई तीन विकेटले हराएपछि आसिफले उक्त प्रतिक्रिया दिएका हुन् ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए । नेपालले तीनै खेलमा सानदार ब्याटिङका साथ उत्कृष्ट जित हात पारेको छ ।
नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २ सय ८६ रनको विजयी लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआईमा पूरा गरेको उच्च योगफल थियो । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाउँदै पूरा गरेको थियो।
‘जितपछि एकदमै खुशी लागेको छ । टिमको वातावरण पनि एकदमै राम्रो छ । त्यसले गर्दा पनि हामीले ठूलो लक्ष्य पूरा गरेका छौं । फरक खेलमा फरक खेलाडीले योगदान दिएको हुन्छ । फरक खेलमा नयाँ हिरो आइरहँदा टिममा पनि आत्माविश्वास बढेको छ’, आसिफ शेखले भने ।
आसिफ सुरुवाती दुई खेलमा भने डक र ९ रनमा आउट भएका थिए । आसिफ शेखले क्रिकेट सधैं दबाबको खेल हुने बताउँछन् । ‘क्रिकेट आफैंमा एउटा दबाबवाला खेल हो । त्यो दबाबलाई सम्हाल्लेर नै खेल्नुपर्छ । सुरुवाती दुई खेलमा रन बनेको थिएन । कसरी टोलीलाई योगदान दिनसक्छु त्यो सोचि राखेको थिए । भाग्यले आज योगदान दिए’, आसिफले भने ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट कुनैपनि विकेटका लागि बनेको उच्च साझेदारी थियो । आसिफ र ज्ञानेन्द्रले यसअघि गत नोभेम्बरमा युएईविरुद्ध १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए ।
२०२१ मा ओमानविरुद्ध ९५ रनको साझेदारी गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले ७ र आसिफले ६ ओडिआई अर्धशतक प्रहार गरेका छन् । यी दुई जोडीको साझेदारी जम्दै आएको छ ।
‘दाईसँग खेल्दा एकदमै खुशी लाग्छ । जुन समयमा मैले रन बनाउन संघर्ष गरेको हुन्छु दाईले त्यो दबाब हटाइदिनुहुन्छ । सिंगल रन पनि सजिलै आउँछ । गाह्रो भएमा दाइसँग कुरापनि हुन्छ । दाईसँग ब्याटिङ गर्दा एकदमै राम्रो लाग्छ । म सकाएर जान्छु र शतक पनि हुन्छ भनेर खेलेको थिए । तर त्यो हुन सकेन’, आसिफले भने ।
‘नेपालमा खेल्दा नेपाली दर्शकको महत्व हामीलाई थाहा छ । नेपाली समर्थकले गर्दा आत्माविश्वास आउँछ । नेपाली समर्थकको अगाडि प्रदर्शन गर्दा एकदमै खुशी लाग्छ’, उनले भने ।
आसिफ गतवर्ष ओमान भ्रमणमा घरेलु टोलीविरुद्ध ९० मा पुगेर आउट भएका थिए । नेपालका लागि ६ ओडिआई अर्धशतक हानेका आसिफले तीन पटक ८० माथिको रन बनाएका छन् । नामिबियाविरुद्ध पनि आसिफलाई शतक बनाउने राम्रो अवसर थियो । तर ८१ रनमा आउट हुन पुगे ।
शतकको उत्तर आफुपनि भेटाउन नसकेको आसिफ बताउँछन् । ‘शतक किन आउन सकेको छैन यसको उत्तर मैले पनि भेट्टाउन सकेको छैन । खेल हुँदा खेलको आवश्यकता अनुसार खेल्नुपर्ने हुन्छ । आज शतकको लागि समय थियो । तर दुर्भाग्य मैले पूरा गर्न सकिन’, उनले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]