9 months ago
February 19, 2023
एजेन्सी – स्पिनर रविन्द्र जडेजाको घातक बलिङसँगै भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल नजिक पुगेको छ। चार टेस्ट खेलको सिरिजमा भारतले २-० को अग्रता लिएकोछ । जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २६.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा चेतेश्वर पुजारा […]
एजेन्सी – स्पिनर रविन्द्र जडेजाको घातक बलिङसँगै भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल नजिक पुगेको छ। चार टेस्ट खेलको सिरिजमा भारतले २-० को अग्रता लिएकोछ ।
जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २६.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा चेतेश्वर पुजारा ७४ बलमा ४ चौकासहित सर्वाधिक ३१ रनमा अविजित रहे । कप्तान रोहित शर्मा २० बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।
ओपनर लोकेश राहुल १, विराट कोहली २० र श्रेयस ऐर १२ रनमा आउट भए । केएस भरत २३ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । अष्ट्रेलियाका नाथन लायनले दुई र टोड मर्फीले एक विकेट लिए ।
त्यसअघि तेस्रो दिन पहिलो सेसनमा अष्ट्रेलिया ३१.१ ओभरमा १ सय १३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । मार्नस लाबुसेनले ५० बलमा ५ चौकासहित ३५ रन बनाए । तेस्रो दिन ६५–१ को अवस्थाबाट सुरु गरेको अष्ट्रेलियाले हेडलाई पहिलो ओभरमै गुमाएको थियो । स्टिभ स्मिथ ९ रनमा आश्विनको बलमा एलबीडब्लू आउट भएका थिए ।
मार्नस लाबुसेन आउट हुनुअघि अष्ट्रेलिया ९५–३ को बलियो अवस्थामा थियो । तर लगातार खराब सट खल्दै ९५–७ को दयनीय अवस्थामा पुगेको थियो । अष्ट्रेलियाका सबै ब्याटर रिभरस्वीप र स्विप सट खेल्ने धुनमा आउट भएका थिए ।
विश्वको नम्बर वान टेस्ट टोली अष्ट्रेलियाले लज्जास्पद ब्याटिङ गर्नेक्रममा ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका रविन्द्र जडेजाले १२.१ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ७ विकेट लिएका थिए । जुन जडेजाको यो टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन थियो । यसअघि जडेजाको उच्च प्रदर्शन २०१६ मा चेन्नईमा इंग्ल्यान्डविरुद्ध ७–४८ रन थियो । रविचन्द्रन आश्विनले तीन विकेट लिए ।
त्यसअघि घरेलु टोली भारत पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो । भारत मात्रै एक रनले पहिलो इनिङमा पछि परेको थियो । भारतका अक्षर पटेलले १ सय १५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । एक समय भारत १३९–७ को दयनीय अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि रविचन्द्रन आश्विन र अक्षर पटेलले १ सय १४ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई विशाल अग्रताले पछि पर्नबाट जोगाएका थिए । आश्विनले ७१ बलमा ५ चौकासहित ३७ रनमा आउट भए ।
आफ्नो टेस्ट करिअरको एक सय टेस्ट खेल खेलेका चेतेश्वर पुजारा भने नाथन लायनको बलमा शून्यमा आउट भए। कप्तान रोहित शर्मा लायनको बलमा ३२ रनमा बोल्ड आउट भएका थिए । लोकेश राहुल १७ र श्रेयस ऐर ४ रनमा आउट भए । विराट कोहली ८४ बलमा ४ चौकासहित ४४ रनमा एलबीडब्लू आउट भए ।
डेब्यू खेल खेलेका स्पिनर म्याथ्यु कुहनेमानले कोहलीलाई एलबीडब्लू आउट गरेका थिए । रविन्द्र जडेजा २६ र केएस भरत ६ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक पाँच विकेट लिए । टोड मर्फी र म्याथ्यु कुहनेमानले दुई दुई विकेट लिए।
त्यसअघि दिल्लीको फिरोेज शाह कोटला स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय २५ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए । तल्लोक्रमका ब्याटर पिटर ह्यान्ड्सकम्ब १ सय ४२ बलमा ९ चौकासहित ७२ रनमा अविजित रहेका थिए ।
ओपनर डेविड वार्नर १५, मार्नस लाबुसेन १८, स्टिभ स्मिथ डक, ट्रविस हेड १२ र एलेक्स केरी डक आउट भएका थिए । कप्तान प्याट कमिन्सले ५९ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए ।
भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले तीन तीन विकेट लिए । भारत र अष्ट्रेलियाबीचको तेस्रो खेल मार्च १ देखि सुरु हुनेछ । भारत अव दुई मध्य एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ ।
अष्ट्रेलिया १७ खेलमा १० मा जित र ४ मा हारसहित ६६.६७ जित प्रतिशतका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ । यदि अष्ट्रेलिया चारै खेलमा पराजित भएमा भने उता न्युजिल्यान्डले श्रीलंकालाई २(० ले हराउनु पर्ने हुन्छ ।
भारत १६ खेलमा १० मा जित र ४ मा हारसहित ६४.०६ जित प्रतिशतका दोस्रो स्थानमा छ । भारतको जितले भने दक्षिण अफ्रिका फाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिका १३ खेलमा ६ मा जित र ६ मा हारसहित ४८.७२ विजयी प्रतिशतका साथ चौथो स्थानमा छ । श्रीलंका १० खेलमा ५ मा जित र ४ मा हारसहित ५३.३३ विजयी प्रतिशतका साथ तेस्रो स्थानमा छ ।
November 28, 2023
एजेन्सी – ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ । जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ […]
November 28, 2023
एजेन्सी- युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनायो । भारतका रितुराज गायकवाड ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनमा अविजित […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […]