default_image

3 years ago

February 20, 2023

जन्नतको आक्रामक ब्याटिङमा अफगानिस्तानलाई सिरिज

179 views

0 Bookmark

एजेन्सी – अलरान्डर करिम जन्नतको आक्रामक ब्याटिङमा अफगानिस्तानले तेस्रो टि२० आई खेलमा घरेलु टोली युएईलाई ६ विकेटले हराउँदै सिरिज जितेको छ । अफगानिस्तानले तीन टि२० आई खेलको सिरिज २–१ ले जितेको हो ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा करिम जन्नत २२ बलमा ४ चौका र ५ छक्कासहित ५६ रनमा अविजित रहे ।

इब्राहिम जद्रान ५१ बलमा ५ चौका र १ छक्कासहित ६० रनमा अविजित रहे । ओपनर रहमानउल्लाह गुरबाज २० र अफ्सर जजाई १३ रनमा आउट भए । युएईका जहुर खानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अकिफ राजा जवार फरिदले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । युएईका ओपनर मोहम्मद वासिम ५० बलमा ८ चौका र ३ छक्कासहित ७५ रनमा आउट भए । दोस्रो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउन वासिमले ९१ रनको इनिङ खेलेका थिए ।

अर्का ओपनर वृत्य अरविन्दले ५३ बलमा ७ चौका र १ छक्कासहित ५९ रन बनाए । पहिलो विकेटका लागि वासिम र अरविन्दले १५.४ ओभरमा १ सय २९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

त्यसपछि भने लगातार विकेट गुमाउन पुगेपछि विशाल योगफल बनाउनबाट चुकेको थियो । कप्तान राशिद खानले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । गुलबदीन नाइबले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । नविन उल हकले एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.