default_image

3 years ago

February 20, 2023

स्कटल्यान्डविरुद्ध नामिबियाले टस जित्यो

225 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नामिबियाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नामिबिया सुरुवाती तीनै खेलमा पराजित भएको छ । नामिबिया अन्तिम खेलमा स्कटल्यान्डलाई हराउन चाहन्छ । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड च्याम्पियन बनि सकेको छ । नामिबियालाई शीर्ष तीनमा पर्न बाँकी तीन खेल जित्दै युएईको खेलमा निर्भर हुनुपर्ने हुन्छ ।

नामिबियाविरुद्ध सानदार शतक हानेका स्कटल्यान्डका जर्ज मुन्शे आजको खेलमा पनि बेन्चमा छन् । मुन्शे नेपालविरुद्धको खेलमा पनि बेन्चमा थिए । स्कटल्यान्डले ताहिर हम्जालाई आजको खेलमा बेन्चमा राखेको छ ।

चोटका कारण नेपालविरुद्ध डेब्यू गरेका ज्याक जर्विस पनि आजको खेलमा बेन्चमा छन् । लियाम नेलरले आजको खेलमा डेब्यू गरेका छन् । नामिबियाले माइकल भान लिंगेनलाई बेन्चमा राखेको छ । उनी नेपालविरुद्धको खेलमा बेन्चमा थिए ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याथ्यु क्रस, क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, लियाम नेलर, शफ्यान शरिफ र मार्क वाट् ।

नामिबियाको प्लेइङ ११:

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.