default_image

3 years ago

February 20, 2023

श्रीलंका ६० रनमा अल आउट

154 views

0 Bookmark

एजेन्सी – श्रीलंका दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा न्युजिल्यान्डसँग ६० रनमा अल आउट भएको छ । न्युजिल्यान्डसँग १ सय २ रनको फराकिलो हारसँगै श्रीलंका समूह ए बाट नै बाहिरिएको छ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा ६० रनमा अल आउट भयो । श्रीलंकाकी कप्तान चामरी अथापथुले २१ बलमा सर्वाधिक १९ रन बनाइन् । मासशा शेहानीले १० रन बनाइन् । अन्य कुनैपनि श्रीलंकन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डकी अमेलिया केर र लेआ केरले दुई दुई विकेट लिइन् । त्यसअघि बोलान्ड पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । न्युजिल्यान्डकी अमेलिया केरले ४८ बलमा ६ चौकासहित सर्वाधिक ६८ रन बनाइन् । सुजी बेट्सले ४९ बलमा ६ चौकासहित ५६ रन बनाइन् ।

समूह ए बाट अष्ट्रेलिया ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्ड ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट ०.१३८ छ ।

श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट माइनस १.४६० छ । दक्षिण अफ्रिका ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । दक्षिण अफ्रिकाले मंगलबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा दक्षिण अफ्रिका नेटरनरेटको कारण सेमिफाइनलमा पुग्नेछ । दक्षिण अफ्रिका पराजित हुँदा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ।

यता समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल स्थान पक्का छ । भारतले आज आयरल्यान्डसँग खेल्नेछ । भारत पराजित भएको खण्डमा भने पाकिस्तानको सेमिफाइनल सम्भावना खुल्नेछ । भारत विजयी हुँदा भने पाकिस्तान बाहिरिनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.