3 years ago
February 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार स्कटल्यान्डसँग खेल्दैछ । खेल विहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो पहिलो पटक त्रिकोणात्मक सिरिजको सबै चार खेल जित्ने सोचका साथ मैदान उत्रनेछ ।

तीनै खेलमा सानदार ब्याटिङ प्रदर्शन गरेको नेपाललाई डेथ ओभर ओभरको बलिङ सबैभन्दा बढी चिन्ता र समस्या बनेको छ । नेपालले यस सिरिज अन्तर्गत सबै खेलको डेथ ओभरमा खराब बलिङ प्रदर्शन गरेको छ । नेपालका दुइ स्ट्राइक बलरले विपक्षीको रन गतिमा अंकुश लगाउन सकिरहेका छैनन् ।
तीव्र गतिका बलर करण केसीले तीनै खेलमा ६० माथि रन खर्चेका छन् । सोमपाल कामीले तीनै खेलमा ५० रन खर्चिएका छन् । डेथ ओभर अर्थात अन्तिम १० ओभरमा नेपालको प्रदर्शन राम्रो छैन ।
नेपालले दोस्रो खेलमा नामिबियालाई तीन विकेटले पराजित गर्यो । तर अन्तिम १० ओभरमा नेपालले १ सय १५ रन खर्चदा दुई विकेट लिएको थियो । अन्तिम पाँच ओभरमा नेपालले कुल ८४ रन खर्चिएको थियो । यद्यपि उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालले २ सय ७५ रनको विजयी लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
सोमपाल ९ ओभरमा २ मेडनसहित ५३ रन खर्चिदा विकेटविहीन बन्न पुगेका थिए । सोमपालले डेथ ओभरमा १२ बलमा तीन छक्का र दुई चौकासहित कुल ३५ रन खर्चिएका थिए । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिएका थिए । डेथ ओभरमा उनले ३ ओभर फ्याँक्दै ४७ रन खर्चिएका थिए । स्कटल्यान्डले एक समय १३८–५ को अवस्थाबाट सानदार पूरानगमन गरेको थियो ।

त्यसअघि नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले १११–६ को दयनीय अवस्थाबाट २ सय ७४ रन जोडेको थियो । नेपालका तीन तीव्र गतिका बलर सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५२ रन खर्चेर १ विकेट लिए ।
करण केसीले ९ ओभरमा १ मेडनसहित ६८ रन खर्चेर विकेट विकेट बनेका थिए । गुलशन झाले २ ओभरमा २१ रन खर्चेका थिए । नेपालले स्कटल्यान्डविरुद्ध अन्तिम १० ओभरमा ८१ रन खर्चिएको थियो । सोमपाल कामीले डेथ ओभरमा २ ओभर बलिङ गर्दै २३ रन खर्चेर १ विकेट लिएका थिए ।
करण केसीले डेथ ओभरमा ३ ओभरमा ३० रन खर्चिदा विकेट लिन सकेका थिएनन् । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गर्यो । २ सय ८६ रनको विजयी लक्ष्य कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङमा ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा नेपालले अन्तिम १० ओभरमा ९५ रन खर्चिएर ६ विकेट लिएको थियो ।
समग्रमा करणले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए । करणले डेथ ओभरमा २ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए । सोमपालले डेथ ओभरमा कुल ४ ओभरमा ३६ रन खर्चेका थिए ।

सोमपालले तीन खेलमा डेथ ओभरमा कुल ८ ओभर बलिङ गर्दा कुल ९४ रन खर्चेर एक विकेट लिएका छन् । करण केसीले डेथ ओभरमा कुल ८ ओभर बलिङ गर्दा १ सय ५ रन खर्चेर ४ विकेट लिएका छन् । सोमपालले तीन खेलमा २७ ओभरमा कुल १ सय ६१ रन खर्चिदा २ विकेट लिएका छन् । करण केसीले २८ ओभरमा २ सय ३ रन खर्चिएर ६ विकेट लिएका छन् ।
नेपालसँग चौथो तीव्र गतिको बलर टोलीमा छैनन् । तीव्र गतिमा बलिङ गर्न सक्ने आरिफ शेख अस्वस्थताका कारण टोलीमा नरहँदा थप समस्या बढेको हो । टोलीको बेन्चमा भीम सार्की, सूर्य तामाङ र ललित नारायण राजवंशी छन् । भीम ब्याटिङ अलराउन्डर हुन्, तर उनी पनि पार्ट टाइम स्पिन नै गर्छन् । सूर्य र ललित बायाँ हाते स्पिनर हुन् ।
पछिल्लो समय घरेलु क्रिकेट र नेपालबाट डेथ ओभरमा राम्रो प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर किशोर महतो भने अन्तिम १८ मै पर्न सकेनन् । किशोर नहुँदा डेथ ओभर कमजोर देखिएको छ । किशोरले नेपाल टि२० लिगमा डेथ ओभरमा सानदार प्रदर्शनका साथ लुम्बिनी अल स्टार्सलाई च्याम्पियन बनाएका थिए ।

स्कटल्यान्डविरुद्ध नेपाल चाहेर पनि तीव्र गतिको बलर परिवर्तन गर्न सक्दैन । त्यसैले नेपाललाई डेथ ओभरको बलिङ सबैभन्दा ठूलो चिन्ता बन्नसक्छ । नेपालले सुरुवाती तीनै खेलमा टस जितेर लक्ष्य पछ्याएको थियो । पहिलो खेलमा कुशल भुर्तेल, दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र तेस्रो खेलमा आसिफ शेख प्लेयर अफ द म्याच चुनिएका थिए । ब्याटिङमा नेपालका सबै ब्याटरले राम्रो प्रदर्शन गरेका छन् ।
तीव्र गतिका बलरमा करणको पहिलो खेललाई हेर्ने हो भने अन्यमा राम्रो छैन । नेपालले स्कटल्यान्डविरुद्ध गुलशन झाको स्थानमा सूर्य तामाङलाई डेब्यु दिनसक्ने सम्भावना छ । स्कटल्यान्ड आफ्नो अन्तिम खेलमा सानदार जित हात पार्न चाहन्छ । नेपालको डेथ ओभरको बलिङको भरपूर्ण फाइदा उठाउन सक्छ । त्यसैले नेपाली बलरले डेथ ओभरमा सुधार गर्नुपर्ने हुन्छ ।
नेपालको ब्याटिङमा भने टोलीमा कुनै परिवर्तनको सम्भावना छैन । तीव्र गतिका बलरमा करण र सोमपाल दुवैलाई मैदाान उतार्नेछ । तर बलियो टोली स्कटल्यान्डविरुद्ध यी दुवै बलरले राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ ।
नेपालले ९ खेल खेल्न बाँकी हुँदा शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ६ खेल जित्नुपर्ने हुन्छ स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । उपाधि वापत च्याम्पियन ट्रफी स्कटल्यान्डले मंगलबार नेपालमै पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]