default_image

3 years ago

February 20, 2023

हारका बाबजुद ट्रम्पलम्यान बने प्लेयर अफ द म्याच

240 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान स्कटल्यान्डविरुद्ध हारको बाबजुद प्लेयर अफ द म्याच चुनिएका छन् । कमजोर ब्याटिङका कारण नामिबिया नेपाल भ्रमणमा अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित हुन पुग्यो ।

तर खेलपछि ट्रम्पलम्यान खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए । नेपाल, नामिबिया र स्कटल्यान्डबीचको जारी त्रिकोणात्मक ओडिआई खेलमा हारको बाबजुद प्लेयर अफ द म्याच चुनिने ट्रम्पलम्यान पहिलो खेलाडी हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अल आउट भएको थियो । च्याम्पियन स्कटल्यान्डलाई मध्यम योगफलमा रोक्न रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिएका थिए ।

ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन थियो । तर जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अल आउट हुन पुगेको थियो । नामिबियाले पहिलो आइसिसी विश्वकप लिग–२ मा चारै खेल हार्न पुगेको थियो । नामिबिया स्कटल्यान्डसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । नेपालसँग भने दुई र तीन विकेटले हारेको थियो ।

नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्सले ६७ बलमा ६ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिए । एक समय नामिबिया १२४-३ को अवस्थामा थियो । कप्तान जेरार्ड इरास्मस मार्क वाटको बलमा ४३ रनमा क्याच आउट भएपछि नामिबियाले लगातार विकेट गुमाएको थियो । गेरार्डले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । इरास्मसको विकेटपनि लगातार विकेट गुमाउँदै हार्न पुगेको थियो ।

नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल भ्रमणमा चार हारले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने सम्भावना निकै कठिन बनेको छ । नामिबियाले अव आफ्नो अन्तिम दुई खेल युएईसँग २३ र २५ फेब्रुअरीमा खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.