default_image

3 years ago

February 21, 2023

जन्मदिनमा नेपालविरुद्ध खेल्दै जर्ज मुन्शे

256 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डका स्टार ब्याटर जर्ज मुन्शे आफ्नो जन्मदिनमा आज आइसिसी विश्वकप लिग २ मा नेपालविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् ।

स्कटल्यान्डले एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध डेब्यू दिएका लियाम नेलरको स्थानमा जर्ज मुन्शेलाई खेलाएको छ । जर्ज मुन्शले पहिलो खेलमा नामिबियाविरुद्ध ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यसपछि दुई खेलमा बेन्चमा राखेको थियो । लिग २ मा च्याम्पियन बनि सकेको स्कटल्यान्डको अन्तिम खेल हो ।

स्कटल्यान्डले जर्ज मुन्शेको ३० औं जन्मदिनमा नेपालविरुद्ध मैदान उतारेको छ । एसोसिएट क्रिकेटका स्टार ब्याटर मुन्शे नेपालका लागि भने घातक बन्नसक्छन् । ३० वर्षीय मुन्शे बायाँ हाते ब्याटर हुन् ।

आफ्नो जन्मदिनलाई विशेष बनाउन खोज्नेछन् । ओपनर मुन्शे आक्रामक क्रिकेटका लागि एसोसियट क्रिकेटमा चर्चित नाम हुन् । टेस्ट टोलीविरुद्ध पनि मुन्शेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको आगमनले स्कटल्यान्डको ब्याटिङ मजबुत बनेको छ ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झालाई बेन्चमा राख्दा ललित नारायण राजवंशीलाई मैदान उतारेको छ । उता स्कटल्यान्डले नेपालविरुद्ध बेन्चमा राखेका आफ्ना प्रमुख तीन खेलाडी काइल कोट्जर, शफ्यान शरिफ र जर्ज मुन्शेलाई मैदान उतारेको थियो ।

स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी टियु मैदानमै पाउनेछ ।

स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याथ्यु क्रस, क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ र मार्क वाट् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.