2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
स्कटल्यान्डका ओपनर जर्ज मुन्शे २९ बमा ४ चौकासहित २० रनमा अविजित छन् । क्रिसटोफर म्याकब्राइड २ रनमा क्रिजमा अविजित छन् । पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गरेका थिए ।
सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हाने ।
स्कटल्यान्डले एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध डेब्यू दिएका लियाम नेलरको स्थानमा जर्ज मुन्शेलाई खेलाएको छ । नेपालले गुलशन झाको स्थानमा ललित नारायण राजवंशीलाई मैदान उतारेको छ ।
स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी टियु मैदानमै पाउनेछ । स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड जितका साथ अन्त्य गर्न चाहन्छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।
स्कटल्यान्डको प्लेइङ ११ :
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याथ्यु क्रस, क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ र मार्क वाट् ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।
September 14, 2024
एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डले शुक्रवार अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो । कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानिय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो । २ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्। रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो। रोहित टि […]