default_image

3 years ago

February 21, 2023

सन्दीपको उत्कृष्ट बलिङमा नेपाल खेलमा फर्कियो

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध खेलमा फर्किएको छ।

टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । स्कटल्यान्डका म्याथ्यु क्रस १४ र ब्रेन्डन म्याकमुलन ४ रनमा क्रिजमा छन् । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित ६० रनमा सन्दीप लामिछानेको बलमा बोल्ड हुन पुगेका थिए।

मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्नेक्रममा बोल्ड हुन पुगेका थिए । मुन्शेको विकेटपछि भने नेपालले खेलमा पूनरागमन गरेको थियो । सन्दीपले लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै शून्यमा पेभेलिएन फर्काउँदै ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन लिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए ।

मुन्शेले ४६ बलमा आफ्नो ओडिआई करिअरको ११ औं अर्धशतक हानेका थिए । मुन्शेले पहिलो खेलमा नामिबियाविरुद्ध ६१ बलमा १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि मुन्शेलाई स्कटल्यान्डले विश्राम दिएको थियो । मुन्शेको आज ३० औं जन्मदिन समेत हो ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हानेका थिए ।

कुशल मल्लले २१ औं ओभरको दोस्रो बलमा क्रिसटोफर म्याकब्राइडलाई २२ रनमा एलबीडब्लू आउट गरे । म्याकब्राइड पनि स्वीप शट खेल्ने चक्करमा आउट भएका थिए । सन्दीपले २२ औं ओभरको तेस्रो बलमा टम म्याकिन्टसलाई एक रनमा सन्दीप जोराबाट क्याच आउट गराए ।

एक समय १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा पुगेको स्कटल्यान्डलाई धरासयी पार्न सन्दीपले चार महत्वपूर्ण विकेट लिएका हुन् । सन्दीपले ६ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.