3 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ।

टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भयो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मुन्शे सन्दीपको बलमा बोल्ड भएका थिए । मुन्शे आउट हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शेको विकेटपछि इनिङ धरासयी बनेको थियो । मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्ने आक्रममा बोल्ड हुन पुगेका थिए ।
लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै शून्यमा पेभेलिएन फर्काउँदै सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन लिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हानेका थिए ।
कुशल मल्लले २१ औं ओभरको दोस्रो बलमा क्रिसटोफर म्याकब्राइडलाई २२ रनमा एलबीडब्लू आउट गरे । म्याकब्राइड पनि स्वीप शट खेल्ने चक्करमा आउट भएका थिए । सन्दीपले २२ औं ओभरको तेस्रो बलमा टम म्याकिन्टसलाई एक रनमा सन्दीप जोराबाट क्याच आउट गराए ।

दीपेन्द्रसिंह ऐरीले म्याथ्यु क्रसलाई ४२ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरे । क्रसले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । छैटौं विकेटका लागि क्रस र ब्रेन्डन म्याकुमेलन ५७ रनको साझेदारी गरेका थिए । माइकल लिस्क करण केसीको बलमा बोल्ड आउट भएपछि स्कटल्यान्ड १७५–७ को दयनीय अवस्थामा पुगेको थियो । यसअघिको खेलमा भने लिस्कले नेपालविरुद्ध सानदार शतक हानेका थिए ।
ब्रेन्डन म्याकमलन ४८ बलमा ३ चौकासहित ३१ रनमा क्याच आउट भए । नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ६ ओभरमा ३० रन खर्चेर १विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]