3 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा दुवै ओपनरलाई गुमाएको छ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा २ विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल २३ बलमा ३ चौकासहित १६ र रोहित पौडेलले उनलाई साथ दिएका छन् ।
नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमायो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै एलबीडब्लू आउट गरेका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए । आसिफले २३ बलमा १ चौका हाने ।
त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मुन्शे सन्दीपको बलमा बोल्ड भएका थिए । मुन्शे आउट हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शेको विकेटपछि इनिङ धरासयी बनेको थियो । मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्ने आक्रममा बोल्ड हुन पुगेका थिए ।
नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८।१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपाल पहिलो पटक चार खेलमा चार नै जित्ने सोचमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]