2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा अर्धशतक पूरा गरेका छन् । रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका छन् ।
जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन बनाएको छ । रोहित ५४ र सन्दीप लामिछाने २ रनमा क्रिजमा छन् । रोहितको ओडिआई करिअरको सातौं अर्धशतक हो । उनलाई सन्दीप लामिछानेले रनमा साथ दिएका छन् । अव ब्याटिङमा आउन करण केसी र ललितनारायण राजवंशी बाँकी छन् ।
यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको छ । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो ।
स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए । आसिफले २३ बलमा १ चौका हाने ।
स्पिनर मार्क वाटले अनभुवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका हाने । त्यो समय नेपाल १०.३ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो । स्पिनर क्रिस ग्रेभ्सले कुशल मल्ललाई १७ रनमा बोल्ड आउट गरे ।
छैटौं विकेटका लागि दीपेन्द्र र रोहितले ४४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ग्रेभ्सकै बलमा ७ रनमा बोल्ड आउट भए । मार्क वाटले सोमपाललाई २ रनमा आउट गरेपछि नेपाल संकटमा पुगेको छ ।
त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपाल पहिलो पटक चार खेलमा चार नै जित्ने सोचमा छ ।
November 9, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहज रुपले पराजित गरेको छ । शनिवार विहान सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ । जितसँगै ४ खेलको टि ट्वान्टी आई सिरिजमा भारतले १-० को अग्रता लिएको छ । भारतले दिएको २ सय ३ […]
November 8, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । ४ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ३ रनको बलियो लक्ष्य दिएको हो । दक्षिण अफ्रिकाको डर्बनमा शुक्रवार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]