default_image

3 years ago

February 21, 2023

नेपाललाई जिताएपछि यसो भन्छन् कप्तान रोहित

1360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले करण केसीसँगको साझेदारीपछि आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिजमा जित निकाल्न सक्ने विश्वास आएको बताएका छन् ।

नेपाललाई दुई विकेटको रोमान्चक जित दिलाउन रोहितले सानदार प्रदर्शन गरे । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई जिताउन नवौं विकेटका लागि करण केसी र रोहित पौडेलले ७५ रनको अविजित साझेदारी गरेका थिए ।

रोहितले ६१–५ को दयनीय अवस्थाबाट नेपाललाई जितसम्म पुर्याएका थिए । रोहित पौडेल १ सय १ बलमा ८ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ ओभरमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

‘टिमलाई चार रन चाहिँएको थियो । म र करण दाइको कुरा एक एक रन गरेर जित्यौं भन्ने भएको थियो । उसले ठ्याक्कै खुट्टामा फ्याँलेपछि चार रन भयो । चेज भएपछि रिलिफ भयो’, जितपछि कप्तान रोहित पौडेलले भने । ‘५–६ विकेट जादा सम्म पनि सक्छु जस्तो भएको थियो । करण दाई आएपछि एकछिन साझेदारी भयो । त्यसपछि अव सकिन्छ भनेर विश्वास आयो’, जितपछि रोहितले भने ।

नेपालले चारै खेल लक्ष्य पछ्याउँदै जित्यो । चारै खेलमा रोहित पौडेलले टस जितेका थिए । ‘वहाँ (टियु) मा खेल्दा टस एकदमै महत्वपूर्ण हुने मलाई अनुभव हुन्छ । विहानको समयमा बलरलाई सहयोग मिल्छ । त्यसैले टसले प्रभाव पार्छ, रोहितले भने ।
१०–१५ दिन हामीले ओपन नेटमा पनि गरेका थियौं । सबैजनाले कन्डिसन बुझि सकेका थिए । सरले पनि फ्रि खेल्न भन्नु भएको थियो । त्यसैको नतिजा आए जस्तो मलाई अनुभव हुन्छ’, रोहितले भने ।

यस सिरिजमा स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरे । तर उच्च अदालतले सन्दीपलाई बलात्कार आरोप लागेको हुँदा विदेश जान लगाएको छ । नेपालले अव युएईमा गएर खेल्नेछ । यसले स्पिन आक्रामणमा केहि असर पर्ने अनुमान गरिएको छ । रोहितले यस विषयमा योजना बनाएको बताउँछन् ।

‘अव त्यसको लागि पनि योजना भई राखेको छ । एकहप्ता देखि युएईमा के गर्नी भनेर प्रशिक्षक र मेरो कुरा भएको छ । त्यो योजनाले काम गर्छहोला’, रोहितले भने । रोहितले नेपालको लागि थुप्रै उत्कृष्ट इनिङ खेलेका छन् । यो रोहितले इनिङ खेल्दै जितेको एक उत्कृष्ट इनिङमा पर्दछ । ‘करिअरको उत्कृष्ट इनिङ भन्न सकिन्छ । अव अरुपनि आउनेवाला छ । एक उत्कृष्ट भन्न सकिन्छ’, रोहितले भने ।

गतवर्ष पपुवा न्युगिनीविरुद्ध २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा रोहितले १ सय २६ रनको सानदार विजयी इनिङ खेलेका थिए । जुन कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याटरले एक खेलमा गरेको उच्च प्रदर्शन हो । तर नेपाल ६ रनले पराजित हुन पुगेको थियो ।

‘गतवर्ष त्यो शतक भन्दापनि यसमा मलाई खुशी मोमेन्ट भयो । १ सय २६ रन बनाएर जितमा त्यो गणना हुन सकेन । तर ९५ रन हानेर पनि विजयी साइडमा गयो । त्यसैले एकदमै खुशी छु’, उनले भने ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । तेस्रो खेलमा नामिबियालाई तीन विकेट पराजित गरेको थियो । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी ८ खेल नै जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.