default_image

3 years ago

February 21, 2023

च्याम्पियन स्कटल्यान्डलाई आइसिसीको ट्रफी प्रदान

269 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ उपाधि विजेता स्कटल्यान्डले च्याम्पियन ट्रफी मंगलबार टियु क्रिकेट मैदानमा पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले च्याम्पियन स्कटल्यान्डलाई टियु मैदानमा ट्रफी प्रदान गरेको छ ।

आइसिसीका आईसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियन ग्लेनराइटले स्कटल्यान्डका खेलाडीलाई नेपालसँगको खेलपछि लिग २ च्याम्पियन ट्रफी प्रदान गरेका थिए ।

स्कटल्यान्ड अन्तिम खेलमा भने नेपालसँग दुई विकेटले पराजित भयो । २०१९ देखिसुरु भएको आइसिसी विश्वकप लिग–२ मा कुल ७ देशले प्रतिस्पर्धा गरेका थिए । स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै उपाधि जितेको थियो ।

हरेक टोलीले कुल ३६ खेल खेल्ने गर्दछन् । हरेक टोलीले त्रिकोणात्मक ओडिआई सिरिज गरि एक टोलीसँग कुल ६ खेल खेल्ने गर्दछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ शीर्ष स्थानमा रहँदैअन्त्य गर्यो ।

पुरै ३६ खेल सक्ने स्कटल्यान्ड ओमान र अमेरिकापछि तेस्रो टोली बनेको छ। ओमान सबैभन्दा पहिला लिग–२ मा आफ्नो सबै ३६ खेल सक्ने टोली हो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान आगमी जुन जुलाईमा जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि सोझै पुगेका छन् ।

सोझै विश्वकप छनोट खेल्न अव नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देश मध्य एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा लिग–२ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् ।

जसबाट शीर्ष दुई टोली एकदिवसीय छनोट खेल्न पाउनेछन् । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा पर्न नामिबियाले सबै खेल जित्नुपर्ने हुन्छ । युएईको नतिजामा पनि निर्भर रहनुपर्ने हुन्छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ।

अमेरिका शीर्ष तीनमा नपर्ने पक्का भई सकेको छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंक जोड्दै पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी आठ खेल नै जित्नुपर्ने हुन्छ । नेपालले यसै साता युएईमा गएर युएई र पपुवा न्युगिनीसँग समान दुई दुई खेल खेल्नेछ । त्यस सिरिजपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.