default_image

1 year ago

February 23, 2023

सन्दीप युएई जाने नेपाली टोलीमा परेनन्

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् ।

बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने विदेश जान नपाउने भएका छन् । त्यसैले उनी टोलीमा छैनन् ।मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपालले पहिलो पटक लिग २ मा सबै चारै खेलमा जित हात पारेको थियो । अन्तिम विदेश भ्रमणको रुपमा लिग २ मा युएई गर्दैछ । युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नेछ । नेपाललाई सोझै ओडिआई मान्यता बचाउन ८ मध्य पाँच खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न सबै खेल जित्नुपर्ने हुन्छ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.