default_image

3 months ago

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

2707 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही खेलको गोल निर्णायक बन्न पुग्यो ।

आर्सनलको आजको जित सँगै प्रिमियर लिगको उपाधि लिगको अन्तिम खेलमा छिनोफानो हुने भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी रहेको छ ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ । सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ । आर्सनलले भने आउँदो हप्ता एभर्टन विरुद्ध खेल्नेछ ।

आर्सनलले उपाधि जित्नका लागि सिटीले कुनै एक खेलमा तीन अंक नल्याउनु पर्ने हुन्छ । आर्सनलको गोल अन्तर सिटी भन्दा राम्रो रहेकाले बराबर अंक रहेमा आर्सनलको उपाधि जित्ने सम्भावना बढी रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.