default_image

1 year ago

February 23, 2023

‘टोलीलाई सन्दीपको मिस हुनेछ’-रोहित

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएई भ्रमणमा स्पिनर सन्दीप लामिछाने मिस हुने बताएका छन् ।

लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित हात पारेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज नेपाली क्रिकेट टोलीलाई वालुवाटारमा बोलाएर बधाई तथा शुभकामना दिएका थिए । त्यसैक्रममा नेपाली टोलीलाई सन्दीपको मिस हुने कप्तान रोहित पौडेलले बताएका छन् ।

सन्दीप युएई भ्रमणमा हुने छैनन् । नेपालले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप टोलीमा छैनन् । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाडेपछि विदेश जान पूर्ण रुपमा रोक लगाएको छ । त्यसैको कारण सन्दीप युएई जान नपाउने भएका हुन् ।

‘हामीलाई थाहा भएकै कुरा हो । सन्दीप टोलीको महत्वपूर्ण बलर हो । ४ खेलमा १३ विकेट लिनु भएको थियो । त्यसले गर्दा पनि हामीले जित्न सफल भयौं । कुशल विकेट लिनुहुन्छ । सन्दीपको मिस पक्का हुनेछ । सिनियर बलर र स्पिनरले त्यो भूमिका निर्वाह गर्नुपर्यो’, रोहितले सन्दीपको बारे भने ।

नेपालले लगातार चार जित हात पारेपछि अव बाँकी ८ खेल जित्न सके सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता पाउन कम्तिमा पाँच खेल जित्नुपर्ने हुन्छ । कप्तान रोहित हरेक खेल फाइनल बताउँछन्।

‘हामी सबैलाई थाहा भएको कुरा हो । हाम्रो लागि सबै खेल फाइनल हुन् । हामीले त्यसै अनुसार तयारी पनि गरेका छौं । युएईको कन्डिसनमा भर पर्छ । हामीले मानसिक रुपमा तयारी पनि गरेका छौं । हामीसँग तयारीको लागि समय त छैन । भर्खरै खेल सकिएकोछ’, कप्तान रोहितले भने ।

युएईमा खेल्न नेपाललाई सहज हुनेछैन । नामिबियाले प्रस्तुत गरेको ९२ रनको विजयी लक्ष्य युएईले ३३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपाली टोली फेरिएको छ । रोहित नयाँ बलरले कसरी सामना गर्ने मोन्टीले सिकाई राखेको बताउँछन् ।

‘नयाँ बलले हामीले कसरी सामना गर्ने । हाम्रो समस्या त्यहिँ हो । ओपनरहरु र मिडिलअडरका ब्याटहरुले बलरहरु कसरी खेल्ने भन्नेछ । युएईमा तीव्र गतिका बलर खेल्न गाह्रो हुन्छ । त्यहिँ अनुसार हामीले योजनाहरु बनाएका छौं’, उनले भने ।

नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर […]

Success

Thank you for your time.