default_image

1 year ago

February 23, 2023

नेपाल ८ वर्षपछि विश्वकप पुग्ने सोचमा

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट शुक्रबार देखि युएईमा सुरु हुँदैछ । नेपालसहित ६ टोली सहभागीता छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्ने लक्ष्यका साथ युएई प्रस्थान गरेको छ । नेपालले शुक्रबार सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । प्रतियोगितामा नेपाल, सिंगापुर, मलेसिया, हङकङ, कुवेत र युएई छन् । प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपालले शक्रुबार सिंगापुरसँग खेल्दै सुरुवात गर्नेछ ।

नेपाल पनि ८ वर्षपछि विश्वकप खेल्ने सपना बोकेर बुधबार त्यसतर्फ लागेको छ । नेपाल र युएई प्रतियोगिताका उपाधिका प्रमुख दाबेदार हुन् । नेपालले पछिल्ला यू१९ विश्वकपको पछिल्लो तीन संस्करण खेलेको छैन । सन् २०१८ को यू१९ विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

२०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । त्यो एक रनको हारले नेपालले २०२० र २०२२ को यू१९ विश्वकप खेल्न पाएन । कोरोनाको कारण २०२१ का यू१९ एसिया कप छनोट भएन । त्यसैले आइसिसीले पछिल्ला पाँच प्रतियोगिता छनोटको आधार मान्दा युएई भाग्यशाली बनेको थियो । त्यो एक रनको जितले को कारणले नै यू१९ विश्वकप खेल्न पाएको थियो ।

विश्वकप छनोटको पछिल्ला १० मध्य ८ खेलमा नेपाल विजयी भएपनि उपाधिका निर्णायक दुवै खेलमा हार बेहोर्द नेपाल विश्वकप खेल्नबाट बन्चित भएको थियो । नेपाल युएईसँग त्यो एक रनको हारको बदला लिने सोचमा हुनेछ ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्नेछन् । देवले नेपालको सिनियर टोलीबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देवको प्रदर्शन यो प्रतियोगितामा महत्त्वपूर्ण हुनेछ । देव टोलीका सर्वाधिक भरपर्दा ब्याटर र खेलाडी हुन् ।

नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिएका अर्जुन कुमाल टोलीका अर्का भरपर्दा ब्याटर हुन् । अर्जुनले कलिलो उमेरमा घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । देव र अर्जुनको विकेट लिन विपक्षी बलरलाई सहज हुनेछैन । यी दुई ब्याटरको प्रदर्शनले प्रदर्शनमा प्रभाव पार्नेछ ।

दीपक बोहरा र आकाश त्रिपाठीले शीर्षक्रम सम्हाल्नेछन् । नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने दीपकबाट टोली राम्रो सुरुवात चाहन्छ । मध्यक्रममा विशाल विक्रम केसी, दीपेश कँडेल, उत्तम थापामगर र मिलन बोहरा जस्ता खेलाडी हुनेछन् । तीव्र गतिका बलरमा हेमन्त धामी, दुर्गेश गुप्ता र आकाश चन्द छन् । स्पिनरमा गण्डकी प्रदेशबाट घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका सुवास भण्डारी छन् ।

गतवर्ष देव खनालको कप्तानीमा नेपालले यू१९ एसिया कप खेलेको थियो । गतवर्ष देव, अर्जुन कुमाल, दीपेश कँडेल र दुर्गेश गुप्ताले यू१९ एसिया कप खेलेका थिए । नेपाललाई यू१६ को उपाधि दिलाई सकेका विशाल विक्रम केसी र आकाश चन्दले २०१९ मा भारत भ्रमणमा नेपाली यू१९ टोलीबाट खेलेका थिए । यी ६ खेलाडी बाहेक अन्य सबै पहिलो पटक नेपाली यू१९ टोलीमा परेका हुन् । नेपालको ब्याटिङ र बलिङ दुवै औसत रहेको छ । घरेलु क्रिकेटमा सुदूरपश्चिमबाट सानदार प्रदर्शन गर्दै आएका हेमन्त नेपालको टोलीको नायक बन्नसक्छन् ।

यस्तो छ यू१९ को इतिहास

यू१९ विश्वकप इतिहासमा नेपाल एसोसिएटको सफल टोली मानिन्छ । सन् १९८८ देखि सुरु भएको यू१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो ।

सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । नेपालले यू१९ विश्वकपमा ठूला टेस्ट टोलीलाई स्तब्ध पारेको इतिहास छ ।

टमाटा संयोग

नेपालले अन्तिम पटक २०१६ मा यू१९ विश्वकप खेलेको थियो । नेपाल क्वाटरफाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस बेला नेपालको प्रशिक्षक जगत टमाटा थिए । क्यान निलम्बनमा परेपछि टमाटाले सिनियर टोली सम्हालेका थिए । सिनियर टोलीले उनको प्रशिक्षणमा ओडिआई मान्यता प्राप्त गरेको थियो । त्यसपछि यू१९ टोली विनोद दासको प्रशिक्षणमा दुई पटक छनोट हुन असफल भएको थियो ।

२०१९ पछि दास क्यानको क्रिकेट म्यानेजर भए । क्यानमा विदेशी प्रशिक्षक आएपछि टमाटाले सिनियर टोली सम्हालेका थिए । त्यसपछि महिला टोली सम्हालेका टमाटाले पुन यू१९ टोलीमा फर्केका छन् ।

यसपटक टमाटानै यू१९ टोलीको मुख्य प्रशिक्षकमा छन् । टमाटा आफ्नो पूनरागमनसँगै विश्वकप पनि फर्काउन चाहन्छन् । २०१२ का पनि नेपाली यू१९ टोलील टमाटाकै प्रशिक्षमा विश्वकप खेलेको थियो ।

प्रशिक्षक जगत टमाटाले नेपालको लक्ष्य छनोटको उपाधि जित्दै विश्वकपमा छनोट हुने बताएका थिए । ‘पहिला सिनियर टोलीलाई बधाई छ । यो जिम्मेवारी दिएकोमा क्यानलाई धन्यावाद । झण्डै दुई महिनाको अभ्यासमा हामीले धेरै सिक्यौं । खेलाडीमा क्षमता छ । हाम्रो लागि हरेक खेल फाइनल हुन् । हामी च्याम्पियन हुँदै विश्वकपमा पुगेर फर्कनेछौं’, टमाटाले भने ।

यू-१९ का कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा पुगेर फर्किने बताए । ‘हामीले क्याम्पमा धेरै सिक्यौं । टिम राम्रो छ र इतिहास रच्न सक्छ । हामी ८ वर्षपछि विश्वकपमा पुगेर फर्किने छौं,’ देवले भने । नेपाल २०१६ पछि यू१९ खेल्ने सोचमा हुनेछ । प्रतियोगितामा नेपालसहित ६ टोली छन् । नेपालले उपाधि जित्न सके २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

नेपालको खेल तालिका, मैदान र समय

नेपाली यू-१९ टोलीले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्नेछ । फागुन १३ (फेब्रुअरी २५) मा कुवेतसँग खेल्नेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ । नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८(मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् । यू१९ का सबै खेलहरु नेपाली समय अनुसार विहान १०:४५ मा हुनेछ ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

May 13, 2024

आरसिबिको प्लेअफ सम्भावना कायमै

एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ । आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । […]

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा […]

Success

Thank you for your time.