default_image

1 year ago

February 24, 2023

इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

168 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले आइसिसी महिला टि२० विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकाले आइतबार फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाउन सक्यो । इंग्ल्यान्डकी नाट स्काभर ब्रन्टले ३४ बलमा ५ चौकासहित सर्वाधिक ४० रन बनाइन् । एक समय इंग्ल्यान्ड १७ ओभरमा १३७–४ को बलियो अवस्थामा थियो ।

जितको लागि १८ बलमा २८ रन चाहिँएको थियो । तर दक्षिण अफ्रिकाकी अयाबाेंगा खाकाले १८ औं ओभरमा मात्रै ३ रन खर्चेर ३ विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो ।

ओपनर ड्यानी व्याट ३४, शोफिया डंकली २८ र हेथर नाइट ३१ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाकी खाकाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिइन् । सबनिम इस्मालीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दक्षिण अफ्रिकाकी ताज्मी ब्रिट्सले ५५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाइन् । लौरा वोल्वार्ड्टले ४४ बलमा ५ चौका र १ छक्कासहित ५३ रन बनाइन् ।

पहिलो विकेटका लागि लौरा र ताज्मीले १३.४ ओभरमा ९६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मरिजान कैपले १३ बलमा ४ चौकासहित २७ रन बनाइन् । इंग्ल्यान्डकी शोफी एक्लेस्टोनले ४ ओभरमा २२ रन खर्चेर २ वकेट लिइन् ।
पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ५ रनले हराएको थियो । फाइनल आगमी आइतबार केप टाउनमा हुनेछ ।

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

May 9, 2024

‘२०१४ को टि२० विश्वकप गाउँमा परिवारसँगै हेरेको थिएँ’ – कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ । गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए । […]

Success

Thank you for your time.