2 years ago
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ ।
गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए ।
लिग-२ को अन्तिम १२ मध्य ११ खेल जित्दै टोलीले ओडीआई मान्यता मात्र जोगाएन विश्वकप छनोट पनि खेल्न पायो । त्यसपछि एसीसी प्रिमियर कपको उपाधि जित्दै टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्यो ।
रोहितले नेतृत्व लिएसँगै आफ्नो प्रदर्शनमा पनि सुधार गरेका छन् । टोलीको ब्याटिङ क्रममा पनि माथि उक्लिएका उनी वर्तमान समय करिअरकै उत्कृष्ट लयमा छन् ।
टि२० विश्वकप खेल्न जानुअघि कप्तान रोहितसँग हामीले गरेको केही रमाइला प्रश्न र त्यसमा उनको उत्तर जस्ताको तस्तै:
सन् २०१४ को विश्वकपको दौरान के गर्दै हुनुहुन्थ्यो?
हालसम्म आफ्नो क्रिकेट करिअरको उत्कृष्ट क्षण कुन हो?
जर्सी नम्बर १७ नै लगाउनुको कारण?
तपाईंको विचारमा यसपटक विश्वकपमा नेपालबाट स्टार खेलाडी को हुन्छ?
यो प्रश्न र अन्य सबै उत्तर भिडियोमा हेर्नुहोस:
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]