default_image

1 year ago

February 25, 2023

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको पहिलो अर्धशतक

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर अर्जुन कुमालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ ।

नेपालका ओपनर अर्जुन कुमाल ७० बलमा ६ चौकासहित ५२ रनमा क्रिजमा अविजित छन् । यो अर्जुनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो । घरेलु क्रिकेटमा अर्जुनले गण्डकी प्रदेशबाट खेल्दै निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । अर्जुनले गतवर्ष यू१९ एसिया कपमा बंगलादेशविरुद्ध डेब्यू गरेका थिए ।

अर्जुनले २३ औं ओभरको तेस्रो बलमा हेनरी थोमसलाई चौका हान्दै ६८ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान देव खनाल ४० बलमा २ चौकासहित २८ रनमा क्रिजमा छन् । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

दीपकलाई अर्श साहिलले बोल्ड आउट गरेका थिए । सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी भने २ रनमा रन आउट हुन पुगेका थिए । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र दीपेश कँडेललाई आज नेपालले मौका दिएको छ ।

आकाश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् । दीपेश बायाँ हाते स्पिन अलराउन्डर हुन् । नेपालले पहिलो खेलबाट दुर्गेश गुप्ता र मिलन बोहरालाई बेन्चमा राखेको छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । यता कुवेत पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।

कुवेत पहिलो जितको सोचमा हुनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्न पाउनेछ ।

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

Success

Thank you for your time.