5 months ago
May 10, 2024
एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो ।
आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।
पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।
जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।
आरसिबिका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए ।
जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अंक पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ ।
आईपिएलमा शुक्रवार हुने खेलमा गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी महिना हुने १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागीता जनाउँने भएको छ । नेपालको मेन टिम अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि जाने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मेन टोली त्यस समयमा अमेरिकामा हुने […]
October 9, 2024
एजेन्सी – पाकिस्तानविरुद्ध इङ्ग्ल्यान्डले पहिलो टेस्टको पहिलो इनिङमा बलियो चुनौती पेश गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । घरेलु टोली पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरे पछि आफ्नो इनिङको सुरुवात गरेको पाहुना टोलीले तेस्रो दिनको समाप्तीमा ३ विकेट गुमाएर ४ सय ९२ रन जोडेको छ […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी महिना हुने १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्ड र अस्ट्रेलियासँग एकै समूहमा परेको छ । द हङकङ क्रिकेट सिक्सेस आज जारी गरेको समूह विभाजनमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा परेको हो । प्रतियोगिताको खेलतालिका पनि बुधवार नै जारी भएको छ । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग […]