default_image

1 year ago

February 27, 2023

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

99 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।

पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै १४ रन बनाएको छ । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा बोल्ड आउट गरेका छन् । उराले १३ बल खेलेका थिए । क्रिजमा किप्लिङ डोरिगा १६ बल खेल्दै ३ रन बनाएका छन् । उनलाई सेसे बाउले साथ दिनेछन् ।

नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा प्रतिश जि।सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औं डेब्यू क्याप दिएका हुन् । प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि२० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू१९ र यू१६ टोलीबाट खेलि सकेका छन् ।

आरिफ शेख स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलमा भने विरामी हुँदा थिएनन् । आरिफले मौका पाउँदा सन्दीप जोरा बेन्चमा छन् । त्यस्तै ललित नारायण राजवंशीको स्थानमा गुलशन झाले स्थान पाएका छन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि(सी . ।

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

Success

Thank you for your time.