3 years ago
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध बलिङमा सानदार प्रदर्शन गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २२.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गरे स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भएका थिए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे ।
मोहम्मद अकरम मलेल ५१ बलमा ३ चौकासहित २६ रनमा क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्ड आउट भए ।
नेपालले आज विकेटकिपर दीपक डुम्रेको स्थानमा स्पिन अलराउन्डर मिलन बोहरालई मौका दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]