default_image

3 years ago

February 28, 2023

‘सफलताको श्रेय प्रशिक्षक टमाटालाई जान्छ’– देव

484 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले टोलीको सफलता श्रेय प्रशिक्षक जगत टमाटालाई जाने बताएका छन् । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार चार जित निकाल्दै विश्वकप खेल्नबाट एक कदम टाढा रहेपछि देवले हाम्रो खेलकुदसँग कुरा गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

‘टिमको वातावरण एकदमै राम्रो छ । अहिलेसम्म सजिलै जित भएको छ । अन्तिम खेल बाँकी छ । विश्वकप अव एक कदम टाढा छ भन्न मिल्छ । समग्रमा टिमले धेरै राम्रो प्रदर्शन र एकदमै राम्रो क्रिकेट खेलि राखेको छ । ४०-४५ दिन जुन तयारी गरेका थियौं । त्यसको मिहिनेत पाई राखेको छौं’, मलेसियालाई १० विकेटले हराएपछि देवले भने ।

देवले नेपालबाट १० ओडिआई खेल खेलेका छन् । टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले गतवर्ष पनि नेपाली यू१९ टोलीको कप्तानी गरेका थिए । देव एकदमै युवा टोली भएको बताउँछन् । ‘अहिलेको टोली एकदमै युवा छ । पहिला अर्जुन साउद, बसिर थियो । जस्तो हामीले क्रिकेट खेलेका छौं त्यो एकदमै राम्रो देखिएको छ । युवा खेलाडीले देश र टोलीको लागि जिम्मेवारी लिएका छन् । त्यो एकदमै ठूलो कुरा हो’, उनले भने ।

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । नेपालले चारै खेलमा जित सहज रुपमा हात पारेको छ । देव नेपालले राम्रो क्रिकेट खेलेको बताउँछन् ।

‘विपक्षी टोली अलिकति कमजोर होलान् । यो उमेर समूहमा सबै बराबर नै हुन्छ । अलिकित हामीले राम्रो क्रिकेट खेलेको हो भन्न मिल्छ । दुई महिना हामीले जुन मिहिनेत गरेका थियौं त्यसको नतिजा पाई राखेका छौं’, देवले भने ।

यसअघि नेपालले ब्याटिङमा संघर्ष गर्दै आएको थियो । तर यस पटक खुलेर ब्याटिङ गरेको छ । नेपालले कुवेतविरुद्धै एकै खेलमा दुई शतक हानेको थियो । अर्जुन कुमालले १ सय ८ र देव खनालले १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । कुनैपनि नेपालको खेलमा पहिलो पटक दुई शतक प्रहार भएको थियो ।

‘भनम न अव त्यो संस्कार (कल्चर) फेरिदैछ । सिनियर टिम दाइहरुले जिम्मेवारी लिई राखेका छौं । हामीले पनि त्यहिँ पछ्याउन प्रयास गरेका छौं । नेपालमा हामीले सिनियर टोलीसँग चार खेल खेलेका थियौं । हामीले त्यहाँ पनि त्यहिँ छलफल गरेका थियौं । अव यू-१९ पालो हो विश्वकप गएर खेल्नी । त्यो जिम्मेवारी लिने हाम्रो पालो हो । त्यहिँ पूरा गर्ने प्रयास गरेका छौं’, उनले भने ।

नेपाली यू-१९ टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टमाटाको प्रशिक्षकमा नेपालले २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो । २०१८ मा सिनियर टोलीले ओडिआई मान्यता प्राप्त गरेको थियो । यस पटक टोलीको नतिजा राम्रो आउनुमा त्यसको श्रेय टमाटालाई नै जाने उनले भने ।

‘भनम न जगत गुरु आफैंमा एउटा लक्की चाम जस्तो हुनुन्छ । यो उमेरमा आएर वहाँको जुन शक्ति छ त्यो उत्कृष्ट छ । यो उमेरमा आएर वहासँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन जस्तो मलाई लाग्छ । वहाँले जसरी हामीलाई साथ दिनुहुन्छ । सबै कुरा मिलाएर राख्नु भएको छ । पहिलो दिन देखि अहिले सम्म सबै कुरा ठाउँमा छ । यो नतिजा आउनुमा सबैभन्दा ठूलो प्रयास वहाँको नै हो । यो नतिजा पाएको हामीले सबै श्रेय जगत गुरुलाई जान्छ’, देवले भने ।

नेपाल र युएईले सुरुवाती चार खेलमा लगातार जित हात पारेपछि अन्तिम खेलको विजेता टोली २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने पक्का भएको हो । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेटरनरेट सहित शीर्ष स्थानमा छ। नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ ।

नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । प्रतियोगिता च्याम्पियन टोलीले २०२४ मा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल आठौं पटक यु-१९ विश्वकप खेलने सोचका साथ मैदान प्रवेश गर्नेछन् ।

भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=GqNFwY1wBvs

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.