default_image

1 year ago

March 2, 2023

लगातार छैटौं जित निकाल्ने सोचमा नेपाल

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा […]

186 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो । युएईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । उच्च मनोबल र प्रदर्शन गर्दै आएको नेपालले पाँच खेलनै लक्ष्य पछ्याउँदा जितेको थियो । आजको खेलमा टसले पनि धेरै प्रभाव पार्नेछ ।

नेपाली टोलीको असली परिक्षा पनि आज हुनेछ । युएईलाई उसै मैदानमा हराउन सहज हुनेछैन । पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको युएई नेपालसँग पराजित हुँदा ओडिआई मान्यता जोखिममा पर्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ ।

नेपालले ब्याटिङमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ । कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन आजको खेलमा महत्वपूर्ण हुनेछ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ब्याटिङ लाइनअपमा नेपालको परिवर्तनको कुनै सम्भावना देखिदैन ।

ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । तेस्रो नम्बरमा ज्ञानेन्द्र र चौथोमा रोहित हुनेछन् । त्यसपछि परिस्थीति अनुसार नेपालले ब्याटिङ गराउनेछ । नेपालको ब्याटिङमा गहिराई छ । पहिलो खेलको टोली हेर्दा सबै खेलाडी राम्रो ब्याटिङ गर्दछन् । टोलीले खराब प्रदर्शन गर्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई अघि खेलाउन सक्छ।

राम्रो अवस्थामा विष्फोटक अन्त्यको लागि कुशल मल्ललाई अघि खेलाउन सक्छ । पछिल्ला खेलमा कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पाँचौं, छैटौं र सातौं कुशल, दीपेन्द्र र आरिफ रहनेछन् । त्यसपछि करण केसी, सोमपाल कामी र गुलशान झा हुनेछन् । नेपालले पहिलो खेलमा चार तीव्र गतिका बलर खेलाएको थियो । गुलशन झा र प्रतिश जि.सी मध्य एकलाई नेपालले आज बेन्चमा राख्ने सम्भावना छ ।

गुलशनले पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । प्रतिशले डेब्यू खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । प्रतिशलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना छ ।

युएईको ब्याटिङ शीर्षक्रमका ब्याटरमा बढी निर्भर छ । ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दको विकेट लिन सके नेपाल खेलमा पुरै हाबी हुनसक्छ । वृत्य र वासिम क्रिजमा टिकेको खण्डमा भने नेपाललाई भारी पर्न सक्छ ।

नेपालविरुद्ध राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ भने नेपालको भन्दा तुलनात्मक रुपमा धेरै कमजोर देखिन्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद्ध सिद्दिकबाट भने नेपाल सचेत हुनुपर्छ । स्पिनरमा रोहन मुस्तफा र कार्तिम मयाप्पन हुनेछन् ।

हेड टु हेड :

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । लिग २ का दुवै खेलमा नेपाल पराजित भएको छ ।

नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २-१ ले जितेको थियो ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि।सी ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.