default_image

1 year ago

March 2, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । नेपालले दुबईमा पहिलो खेलमा पपुवा […]

217 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । नेपालले दुबईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । २ सय ४ रनको विजयी लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेल ६९ बलमा ५५ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

नेपालले पहिलो खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतारेको थियो । दुबईको पिच र कन्डिसनलाई हेर्दा आजको खेलमा पनि तीन प्रमुख तीव्र गतिका बलर नेपालको टोलीमा खेल्ने पक्का छ ।

नेपालले आज एक प्रमुख स्पिनर खेलाउन सक्छ । स्पिनर सन्दीप लामिछाने बुधबार दिउँसो युएई आइपुगेका छन् । उनी आजको खेलमा उपलब्ध हुन्छन् वा हुँदैनन् निश्चित छैन । कुनैपनि खेलाडी परिवर्तन गर्न एकदिन अघिनै आइसिसीले स्वीकृति दिएको हुनुपर्छ । त्यस्तै टेक्निकल कमिटीले एकदिन अघि अन्य टोलीलाई पनि जानकारी दिनुपर्छ । त्यसैले सन्दीपको अन्यौल देखिन्छ ।

एक स्पिनर खेलाउन नेपालले गुलशन झा र प्रतिश जि.सी मध्य एकलाई बेन्चमा राख्नेछ । गुलशनले पहिलो खेलमा ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिएका थिए । प्रतिशले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । गुलशन र प्रतिश दुवै राम्रो ब्याटिङ पनि गर्दछन् । प्रशिक्षक मोन्टी देशाईलाई खेलाडी छनोट गर्न सहज हुनेछैन ।

गत पुषमा घरेलु मैदानमा भएको युएईसँगको तीन ओडिआई खेलको सिरिजमा गुलशनले राम्रो प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थिए । प्रतिश भन्दा गुलशनसँग अनुभव पनि धेरै छ । त्यसैले प्रतिशलाई बेन्चमा बस्न सक्छन् ।

स्पिनर ललित नारायण राजवंशी खेल्न सक्ने सम्भावना धेरै छ । सन्दीप उपलब्ध नहुँदा ललित खेल्ने सम्भावना छ । टोलीका अन्य भने कुनै परिवर्तन छैन । ब्याटिङमा नेपालले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । पावर प्लेमा करण र सोमपाल कामीको जोडीबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ ।

युएईको ब्याटिङक्रम ओपनरमा बढी निर्भर छ । ओपनर वृत्य अरविन्द र मोहम्मद वासिम छन् । यी दुई ओपनर युएईका प्रमुख हतियार हुन् । यी दुईलाई समयमै परिवर्तन गर्न सके नेपाल पुरै खेलमा हाबी हुनसक्छ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । पपुवा न्युगिनीविरुद्ध १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

आसिफ तालमेल नमिल्दा ४४ रनमा रन आउट भएका थिए । रन आउटको गल्ती भने गर्नु हुँदैन । तेस्रो नम्बरमा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल छन् । ज्ञानेन्द्रबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । चौथो नम्बरमा कप्तान रोहित पौडेल खेल्नेछन् । नेपालको ब्याटिङका रोहित खम्बा हुन् ।

त्यसपछि परिस्थीति अनुसार नेपालले ब्याटिङ गराउनेछ । नेपालको ब्याटिङमा गहिराई छ । पहिलो खेलको टोली हेर्दा सबै खेलाडी राम्रो ब्याटिङ गर्दछन् । टोलीले खराब प्रदर्शन गर्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई अघि खेलाउन सक्छ ।
राम्रो अवस्थामा विष्फोटक अन्त्यको लागि कुशल मल्ललाई अघि खेलाउन सक्छ । पछिल्ला खेलमा कुशल मल्लले पाँचौं नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

पाँचौं, छैटौं र सातौं कुशल, दीपेन्द्र र आरिफ रहनेछन् । त्यसपछि करण केसी, सोमपाल कामी र गुलशान झा हुनेछन् । स्पिन आक्रामणमा दीपेन्द्र र कुशल मल्ल पार्टटाइमको रुपमा रहनेछन् ।

आवश्यक परे रोहित अफ स्पिन र कुशल भुर्तेल लेग स्पिन गर्न सक्छन् । आरिफ तीव्र गतिका बलरमा नेपालको पार्टटाइम विकल्प हुनेछन् । नेपालको ब्याटिङ १० नम्बर सम्म हुनेछ । कमजोर सुरुवात हुँदा पनि राम्रो पूनरागमन गर्न सक्ने ब्याटिङक्रम टोलीमा छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र ललितनारायण राजवंशी/सन्दीप लामिछाने ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.