default_image

1 year ago

March 2, 2023

नेपाली यू-१९ ले पहिला ब्याटिङ गर्दै

आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस हारेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा युएईका आयन खानले जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको […]

242 views

0 Bookmark

आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस हारेको छ आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा युएईका आयन खानले जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।


नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् ।

नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।

। घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२-३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल पराजित हुन पुगेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले २०२० को विश्वकप खेल्न पाएको थिएन । कोरोना महामारीको कारण २०२१ को एसिया क्षेत्र छनोट हुन नसकेपछि युएई त्यहिँ एक रनको जितको कारण २०२२ को विश्वकप खेलेको थियो ।

नेपाल र युएईबीचको पछिल्ला पाँच छनोटको खेल हेर्दा युएई अघि भएको थियो । त्यहिँ एक रनको जितको कारण युएई अघि भएको थियो । एक रनको हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएको छैन । नेपाल त्यसको बदला लिँदै ८ वर्षपछि विश्वकप खेल्न चाहन्छ ।

नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)

*यसअघि यूएईले टस जित्दा नेपालले पहिलो ब्याटिङ गर्ने हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.